Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

आज ३६औं बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३६ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मुलुकमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । उहाँको नेतृत्वको क्रान्तिले विसं २००७ फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना गरेको थियो । अाजकाे एभरेष्ट दैनिकमा याे खबर छ - विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । तर जननिर्वाचित सरकारले १८ महिना बिताउन नपाउँदै तत्कालीन राजा महेन्द्रले कोइरालालाई सत्ताच्युत गरी जेल हालेका थिए भने देशमा पञ्चायती व्यवस्था सुरु गरेका थिए । कोइराला २०१७ सालपछि आठ वर्ष र पछि ०३३ सालमा दुई वर्ष जेल बस्नु भएको थियो । विसं २०२५ मा सुन्दरीजल बन्दीगृहबाट उपचारका लागि रिहा भएपछि भारत निर्वासनमा बसेर क्रियाशील हुनु भएका कोइराला विसं २०३३ मा एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो । राजाले खोसेको प्रजातन्त्र पुनःस्थापनामा सक्रिय हुँदाहुँदै २०३९ साल साउन ६ अर्थात् आजकै कोइरालाको निधन भएको थियो । नेपाली राजनीतिका शीर्ष पुरुष कोइराला साहित्यमा पनि त्यतिकै विख्यात हुनुहुन्थ्यो । साहित्यमा विशेश्वरप्रसाद कोइरालाको नाममा परिचित उहाँ विसं १९९२ मा ‘चन्द्रवदन’ कथामार्फत मनोविश्लेषणवादी साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उहाँका दोषी चश्मा कथासङ्ग्रह लगायत थुप्रै कृति प्रकाशित छन् । उहाँले कारागारमा रचना गर्नुभएका साहित्यिक कृतिमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘बाबु,आमा र छोरा’, ‘मोदी आइन’ र ‘हिटलर र यहुदी’ उपन्यास तथा ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘आत्मवृत्तान्त’ ‘आत्मजीवनी’लगायत छन् । कोइराला प्रजातान्त्रिक समाजवादका व्याख्याताका साथै ‘सोसलिस्ट इन्टरनेशनल’ को उपाध्यक्षका रुपमा समेत सक्रिय हुनुहुन्थ्यो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy