Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

उद्धार कोषमा सभासद्को अढाइ करोड

काठमाडौं,  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संविधानसभाका पदाधिकारी र सभासद्हरुले २ करोड ५७ लाख ८१ हजार ५ सय ९० रुपैया सहयोग प्रदान गरेका छन् । सभासद्हरुबाट संकलित रकमका चेकहरु संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्बाङ्गले बिहिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् । राजनीतिक दलहरुको बैशाख १४ गते बसेको सर्वदलीय बैठकले संविधानसभाका पदाधिकारी र सदस्यहरुको एक महिनाको तलब भूकम्प पीडितहरुको सहयोगको लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषमा जम्मा गर्ने निर्णय गरेको थियो । सभासद्हरुको तर्फबाट भूकम्प पीडितहरुको लागि दिइएको सहयोग रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आउदा देश र जनाताको भाग्य विधाताको रुपमा रहेका सभासद्हरु पनि जनताको रक्षाका लागि अग्रसर हुनु पर्ने बताए । नेपालको इतिहासमा ८२ बर्षपछि आएकोे विनासकारी भूकम्पले ल्याएको महाविपत्तिको सामना गर्न  व्यवस्थापिका संसद र संविधानसभामा राजनीतिक दलहरुले देखाएको सहकार्य, एकता र मेलमिलाप अद्धितीय रहेको पनि बताए । उनले यो विपत्तिबाट देशलाई पार लगाएर मुुलुकमा संविधान, शान्ति, स्थिरता, विकास ल्याउन पनि वर्तमान संविधानसभा सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सभासद्हरुको पनि उपस्थिति थियो । उद्धारकोषमा संसदका कर्मचारीको ११ लाख आजै प्रधानमन्त्री राहत कोषमा संसद सचिवालयका कर्मचारीहरुले ११ लाख ९ हजार १सय ७५ रुपैया सहयोग प्रदान गरेका छन ्। संसद सचिवालयमा कार्यरत कर्मचारीहरुले संकलन गरेको सो रकम व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सोही कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । संसद सचिवालयमा कार्यरत कर्मचारीहरुको मासिक तलब कट्टा गरी सो रकम  संकलन गरिएको थियो । प्रधानमन्त्री कोइरालाले जनताले पेट काटेर दिएको राहत रकम र सामग्रीको वितरणमा पक्षपात र अनियमितता हुन नदिन दाताहरुले पनि निगरानी गर्न पर्ने बताए । उनले राहत रकम हिनामिना गर्ने र राहत सामग्री जमाखोरी गर्ने र वितरणमा पक्षपात गर्नेलाई सरकारले कारबाही गर्न कुनै कसर बाँकी नराख्ने पनि बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies