रसुवा, ६ असार । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार हेड्रेस, पेनस्टक, टेलरेस सुरुङ र विद्युतगृह समेतका स्थानमा निर्माण गर्नुपर्ने करीब नौ किमी सुरुङमध्ये ९५ प्रतिशत काम पूरा भएको छ । बाँकी सुरुङ निर्माणको काम दु्रत गतीमा भइरहेको छ ।
सुरुङ निर्माणको साथसाथै भारी वर्षालाई प्रवाह नगरी रसुवागढी नजिक भोटेकोशीमा बाँध बाँध्ने तथा विद्युत्गृहमा उपकरण जडानको प्रक्रिया अगाडि बढिसकेको छ । सन् २०२० को फेबु्रअरीसम्म निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारणमा विद्युत् पठाउन आयोजनाका ३३ प्राविधिक, चिनियाँ २४५ लगायत ७०० कामदार कार्यरत रहेको कम्पनीले जनाएको छ ।
बाहिरी भागमा भोटेकोशीको बाँध मात्र देखिने र ठूल्ठूला डिसेन्डर पोखरीसमेतका संरचना भूमिगत रहने, रसुवागढी हाइड्रोपावरको हेडरेस सुरुङको लम्बाई चार हजार २०२ मिटर पेनस्टक १३३ र टेलरेस सुरुङको दूरी ७१३ मिटर रहेको छ । तीमध्ये पानी ल्याउने हेडरेस सुरुङको काम भने १४० मिटर मात्र बाँकी छ ।
काममा संलग्न प्राविधिक र ठेकेदार कम्पनी सिडब्लुई चाइनाले रेडरेस सुरुङ निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको छ । सम्रगमा रसुवागढीको काम ६७ प्रतिशत पूरा भएको छ ।
वार्षिक रुपमा ६१ करोड ४० लाख युनिट अर्थात् १११ मेगावाट विद्युत् उत्पादन हुने र उक्त आयोजनाको लागत रु १३ अर्ब ६४ करोड ४० लाख रहेको आयोजनाले जनाएको छ । हेडरेस सुरुङको सहायाताले विद्युत्गृहमा ८० घनमिटर पानी पु¥याई त्यहाँ जडान हुने तीनवटा टरवाइनमध्ये प्रत्येक टरवाइनमा प्रतिसेकेन्ड २६ दशमलब ६७ घनमिटर पानी पठाइने साइट इन्चार्ज इन्जिनियर गौतम खडकाले जानकारी दिनुभयो ।
सन् २०१४ देखि निर्माण शुरु भएको रसुवागढी विगतमा भएको पेट्रोलियम पदार्थको अभाव, भूकम्प, टिमुरे–स्याफ्रुखण्डको लिङलिङ सडकमा पहिरोका कारण निर्माणको अवधि दुई वर्ष लम्बिन गएको र अबको काम भने निर्धारित समयमै सम्पन्न गर्ने दृढ अठोट लिई उत्साहित तवरले सबै प्राविधिक अगाडि बढिरहेको आयोजना प्रमुख गैरेले बताए ।
रसुवागढी आयोजनाको निर्माणमा सहजीकरणका लागि कर्मचारी सञ्चयकोषले रु छ अर्ब ८४ करोड ऋण प्रवाह गरेको र रु छ अर्ब ८४ करोड भने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवाका स्थानीय तह र रसुवावासी, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र सर्वसाधरणको शेयर रहने बताउँदै रसुवागढीका प्रबन्ध निर्देशक माधव कोइरालाले विद्युत् उत्पादन भएको १० वर्षभित्र आयोजना निर्माणमा लिएको ऋण चुक्ता गरिसक्ने बताए ।
विद्युत् प्रतियुनिट पुुुुुस, माघ, फागुन र चैतमा आठ रुपैयाँ ४० पैसा तथा अन्य महिनामा चार रुपैयाँ ८० पैसाको दरले बिक्री हुने भएकाले वार्षिक रु तीन अर्ब २५ करोड आम्दानी गर्ने लक्ष्य राखिएको प्रबन्ध निर्देशक कोइरालाले बताए ।
विद्युत् शेयर खरिदकर्ताले शेयर पाएको तीन वर्ष नपुगेसम्म बिक्री वितरण गर्न नपाउने विद्युत् उत्पादन गर्न अब दुई वर्ष लाग्ने र अहिलेको विद्युत् शेयर खरिदकर्तालाई भने विद्युत् उत्पादन भएको एकवर्ष पछि नै दरभाउ बढेको बेला बिक्री वितरण गर्न सहज हुने बताइएको छ । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: