Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

देवदहका गाइले अब बाच्छी मात्रै जन्माउने !

बुटवल । रूपन्देहीको देवदहका गाईले अब बाच्छी मात्रै जन्माउने छन् । देवदह नगरपालिकाले दूध उत्पादन बढाउन गाईलाई सेक्स सिमोन (कृत्रिम गर्भाधानको एक विधि) दिन लागेको छ । यसपछि गाईले बाच्छी मात्रै जन्माउनेछन् । अाजकाे नेपाल समाचारपत्र दैनिकमा याे खबर छ - कृत्रिम गर्भाधानसँगै एक प्रकारको रसायनयुक्त वीर्य सुईका माध्यमबाट दिइन्छ । यसले महिला मात्रै बन्ने क्रोमोजोम तयार गर्छ । गाईलाई कृत्रिम गर्भाधान गराउँदा योसमेत सँगै दिइन्छ । केही विज्ञका अनुसार सेक्स सिमोनका माध्यमबाट गर्भाधान गराउँदा गाईले बाच्छी नै पाउने सम्भावना शतप्रतिशत रहन्छ । बाच्छा व्यवस्थापनको झन्झट रोक्न र दूध उत्पादन बढाउन सेक्स सिमोन अभियान ल्याएको नगरपालिका प्रमुख हीराबहादुर खत्रीले बताए । ‘दूध उत्पादनमा किसानको लगानी बढी र आम्दानी कम भएको गुनासो आइरहेको छ । यसको विकल्पमा पनि सेक्स सिमोन अभियान ल्याएका हौं,’ उनले भने, ‘गाईले बाच्छी मात्रै जन्माएपछि लगानी कम र आम्दानी बढी हुनेछ ।’ यसअघि नश्ल सुधार कार्यक्रममार्फत नगरपालिकाले दूध उत्पादन अभियान चलाएको थियो । नगरपालिकाले सेक्स सिमोन कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । यसबाट १ हजार गाईमा कृत्रिम गर्भाधान गराउने लक्ष्य छ । एक डोजलाई ३ हजार रुपैयाँ पर्ने अनुमानसहित १ हजार गाईका लागि ३० लाख रुपैयाँ बजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण नेपालले बताए । नगरपालिकामा करिब ६ हजार ५ सय गाई छन् । यस वर्ष भने परीक्षण वर्षका रूपमा १ हजारमा मात्रै प्रयोग गरिनेछ । प्रमुख प्रशासकीय अधिकृत नेपालका अनुसार सेक्स सिमोन पशु प्रजनन केन्द्र पोखराले गराउँछ । देवदहमा भने पोखरा वा बाहिरी मुलुक कहाँबाट ल्याउने भन्नेबारे छलफल चलेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy