Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

त्रिपालको बासले लोग्नेस्वास्नी सम्बन्धमा खटपट !

सुर्खेत, लामो समयसम्म पनि पुनस्र्थापित हुन नसक्दा सुर्खेत जिल्लाका बाढिपहिरो प्रभावितहरुका श्रीमान्– श्रमतीबीचको सम्बन्ध बिग्रिन थालेको छ । एउटा घरका लागि एउटा–एउटा त्रिपाल दिइएकाले परिवार संख्या जति भएपनि एउटै त्रिपालभित्र बस्नुपर्ने बाध्यता छ । एउटै त्रिपालभित्र बस्दा श्रीमान–श्रीमतीबीच शारीरिक सम्बन्ध नहुँने भएकाले सम्बन्ध विग्रिने अवस्था आएको हो । सुर्खेत जिल्लाका धेरै बिस्थापित शिबिरहरुमध्ये महिला प्रशिक्षण केन्द्र परिसरमा रहेको शिबिरकी मनकुमारी सुनार र उनका श्रीमानबीच पनि यस्तो खटपट आउने गरेको छ । उनका दुई जना किशोर अवस्थाका छोराछोरी छन् । छोराछोरी र श्रीमानश्रीमति एउटै त्रिपालभित्र बस्नुपर्दा आफूहरुको सम्बन्ध विग्रिएको उनको भनाइ छ । ‘‘एउटा त्रिपाल छ, किशोरावस्थाका छोराछोरी छन्,’ उनले भनिन्–‘१४÷१५ वर्षका छोराछोरी कहाँ सुत्ने, हामी कहाँ सुत्ने ?’’ मनकुमारीले आफ्ना श्रीमान र आफूबीचको झगडा अब प्रशासनसम्म पुग्नमात्र बाँकी रहेको बताइन । एउटै त्रिपालमुनी बस्नुपर्दा श्रीमानश्रीमतिबीच पटकपटक झगडा भएको र सम्बन्ध विग्रिएको गुनाशो गरिन । यस सम्बन्धमा अधिकारकर्मी विवेक शाहीले पनि यस्तो समस्या मनकुमारीको एउटा प्रतिनिधिमूलक समस्या रहेकाले राज्यले समयमै विचार पुर्याउन जरुरी रहेको बताए । यो समस्या जटिल भएको भन्दै शाहीले वेलैमा समाधान गर्न बाढीपहिरो प्रभावितहरुको पुनस्र्थापना गरिनुपर्ने बताए । ‘‘यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो, ’ उनले भने–‘यो निकै जटिल समस्या हो, यसबारे वेलैमा सरकारले बिचार पुर्याउनु जरुरी छ ।’’ विस्थापित अवस्थामा रहेका व्यक्तिका परिवारमा भएका समस्याहरु दिनानुदिन बढ्न थालेको सरकारी तथ्याङ्क पनि छ । महिला तथा बालबालिकाको कार्यालयका सुपरभाईजर देवी सुवेदीले यस्ता समस्या आउन थालेपछि आफूहरुले मनोसामाजिक तालीम तथा झगडा समाधान गर्न निगरानी समूहरु गठन गर्ने गरेको बताइन । शिविरहरुमा देखिने विभिन्न समस्याहरुका निगरानीका लागि उो समूह गठन गरिएको हो । अघिल्लो वर्ष साउन महिनाको अन्तिम हप्ता आएको बाढिपहिरोबाट पीडित भएकाहरु अहिले विस्थापित अवस्थामा छन् । विस्थापित नागरिकको पुनर्स्थापनाका लागि भनेर धेरै पटक प्रतिवद्धता राजनीतिक दल तथा सरकारी निकायबाट पनि गरिएको छ । तर अर्को वर्षको साउन महिना आइसक्दा पनि समस्या समाधान हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy