Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

त्रिपालको बासले लोग्नेस्वास्नी सम्बन्धमा खटपट !

सुर्खेत, लामो समयसम्म पनि पुनस्र्थापित हुन नसक्दा सुर्खेत जिल्लाका बाढिपहिरो प्रभावितहरुका श्रीमान्– श्रमतीबीचको सम्बन्ध बिग्रिन थालेको छ । एउटा घरका लागि एउटा–एउटा त्रिपाल दिइएकाले परिवार संख्या जति भएपनि एउटै त्रिपालभित्र बस्नुपर्ने बाध्यता छ । एउटै त्रिपालभित्र बस्दा श्रीमान–श्रीमतीबीच शारीरिक सम्बन्ध नहुँने भएकाले सम्बन्ध विग्रिने अवस्था आएको हो । सुर्खेत जिल्लाका धेरै बिस्थापित शिबिरहरुमध्ये महिला प्रशिक्षण केन्द्र परिसरमा रहेको शिबिरकी मनकुमारी सुनार र उनका श्रीमानबीच पनि यस्तो खटपट आउने गरेको छ । उनका दुई जना किशोर अवस्थाका छोराछोरी छन् । छोराछोरी र श्रीमानश्रीमति एउटै त्रिपालभित्र बस्नुपर्दा आफूहरुको सम्बन्ध विग्रिएको उनको भनाइ छ । ‘‘एउटा त्रिपाल छ, किशोरावस्थाका छोराछोरी छन्,’ उनले भनिन्–‘१४÷१५ वर्षका छोराछोरी कहाँ सुत्ने, हामी कहाँ सुत्ने ?’’ मनकुमारीले आफ्ना श्रीमान र आफूबीचको झगडा अब प्रशासनसम्म पुग्नमात्र बाँकी रहेको बताइन । एउटै त्रिपालमुनी बस्नुपर्दा श्रीमानश्रीमतिबीच पटकपटक झगडा भएको र सम्बन्ध विग्रिएको गुनाशो गरिन । यस सम्बन्धमा अधिकारकर्मी विवेक शाहीले पनि यस्तो समस्या मनकुमारीको एउटा प्रतिनिधिमूलक समस्या रहेकाले राज्यले समयमै विचार पुर्याउन जरुरी रहेको बताए । यो समस्या जटिल भएको भन्दै शाहीले वेलैमा समाधान गर्न बाढीपहिरो प्रभावितहरुको पुनस्र्थापना गरिनुपर्ने बताए । ‘‘यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो, ’ उनले भने–‘यो निकै जटिल समस्या हो, यसबारे वेलैमा सरकारले बिचार पुर्याउनु जरुरी छ ।’’ विस्थापित अवस्थामा रहेका व्यक्तिका परिवारमा भएका समस्याहरु दिनानुदिन बढ्न थालेको सरकारी तथ्याङ्क पनि छ । महिला तथा बालबालिकाको कार्यालयका सुपरभाईजर देवी सुवेदीले यस्ता समस्या आउन थालेपछि आफूहरुले मनोसामाजिक तालीम तथा झगडा समाधान गर्न निगरानी समूहरु गठन गर्ने गरेको बताइन । शिविरहरुमा देखिने विभिन्न समस्याहरुका निगरानीका लागि उो समूह गठन गरिएको हो । अघिल्लो वर्ष साउन महिनाको अन्तिम हप्ता आएको बाढिपहिरोबाट पीडित भएकाहरु अहिले विस्थापित अवस्थामा छन् । विस्थापित नागरिकको पुनर्स्थापनाका लागि भनेर धेरै पटक प्रतिवद्धता राजनीतिक दल तथा सरकारी निकायबाट पनि गरिएको छ । तर अर्को वर्षको साउन महिना आइसक्दा पनि समस्या समाधान हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending