अमेरिकाको व्यापार नीतिलार्इ जंगली कानुनका रूपमा हेर्नुपर्छ'
श्रावण ८ गते, २०७५ मगलवार 24th July, 2018 Tue०९:४०:०३ मा प्रकाशित
पेरिस । फ्रान्सेली अर्थमन्त्री ब्रुनो ल मायरले व्यापार युद्धले विश्वको अर्थतन्त्रमा नै नकारात्मक असर पार्ने बताएका छन् । युरोपेली देशहरू र अमेरिकाबीचको हाल व्यापार युद्ध देखिएको छ । उनले अहिले आएर यो एउटा वास्तविकता भइसकेको बताउँदै भने, ‘कोही पनि पछि नहट्ने र अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने यसले कसैलाई पनि राम्रो गर्दैन ।’ ठूलो अर्थतन्त्र भएका विश्वका २० देशका अर्थ तथा वित्त मन्त्रीहरूको शिखर बैठकको तयारी भइरहँदा उनको यो भनाइ आएको छ ।
आजको अन्नपुर्णपोष्ट दैनिकमा यो खबर छ - अमेरिकाले एकतर्फी रूपमा कर लगाउँदा नै यो समस्या भएको उनको भनाइ थियो । अमेरिकाले लिएको व्यापारको वर्तमान नीति एउटा मिचाहा प्रवृत्तिको भएको र यसलाई सभ्य नभएर जंगली कानुनका रूपमा हेर्नुपर्ने आरोप उनले लगाएका थिए ।
अर्थमन्त्री मायरले विश्वमा अहिलेको अवस्था झनै सौहार्द हुनुपर्ने व्यापार यस्तो एकतर्फी र निरंकुश पाराको हुन नसक्ने स्पष्ट पारे । कुनै पनि देशले आफैंले आफूअनुकुलको कानुन बनाएर एकतर्फी रूपमा कर वृद्धि गर्न नपाइने भन्दै उनले अमेरिकाको आलोचना गरे।
अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले भने अमेरिकाले लिएको वर्तमान कर नीतिको बचाउ गरेका थिए । उनले युरोपेली संघ र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि बजार खुला राख्न आग्रह पनि गरेका थिए । यस नीतिको कडा रूपमा बचाउ र प्रतिवाद गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाले चाहेको स्वतन्त्र र समृद्ध व्यापारका लागि युरोपेली संघ एउटा अस्थिरता भएको गत साता बताएका थिए ।
राष्ट्रपति ट्रम्पले चीनबाट अमेरिका पुग्ने कम्तीमा पनि ५ खर्ब अमेरिकी डलर बराबरका सबै सामानमा अहिलेकै नीति बमोजिम थप कर लगाउने चेतावनी पनि दिएका थिए । ट्रम्पको यो अभिव्यक्तिपछि युरोपेली संघ र अमेरिका तथा चीनबीच पछिल्लो समयमा शुरु भएको व्यापार युद्धले थप वैधानिकता फ्रान्सेली अर्थमन्त्रीले बताए । चीन र युरोपेली संघ दुवैसँगै अमेरिकाले ठूलो व्यापार घाटा ब्यहोर्दै आएको बताएको छ । हाल युरोपेली संघमा २७ ओटा युरोपेली देश सदस्य रहेका छन् । अर्जेन्टनाको बुयनोस आयर्स आयाोजना गर्न लागिएको वार्ताका लागि ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका अर्थमन्त्री, वित्तमन्त्री र बैंकरहरू भेला हुने भएका छन् ।
युरोपेली संघ आबद्ध देशहरू र चीनले अमेरिकाले स्टील र एलुमिनियममा लगाएको कर फिर्ता लिन बारम्बार आग्रह गर्दै आएका छन् । युरोपेली संघले त यो नयाँ कर फिर्ता नलिएसम्म युरोपेली युनियनले अमेरिकासँग स्वतन्त्र व्यापारका विषयमा वार्तामा पनि नबस्ने अडान लिँदै आएको छ ।
अमेरिकाले भने युरोपेली संघ र चीनसँग यस विषयमा नझुक्ने बताएको छ । उसले पछिल्लो करको बारेमा कुनै छलफल पनि गर्न नचाहेको बताएको छ । अमेरिकाले युरोपेली संघ, मेक्सिको, क्यानडा र चीनबाट गरिने स्टील र एलुमिनियमको आयातमा नयाँ करहरू लागू गरेको छ ।
उसले स्टीलको आयातमा २५ प्रतिशत र एलुमिनियमको १० प्रतिशत कर लगाएको हो । अमेरिकाको उक्त कदमबाट युरोपमा रहेका कतिपय अमेरिकी साझेदार प्रभावित भएका छन् ।
यस कदमको युरोपेली संघ, चीन, मेक्सिको र क्यानडाले पनि विरोध गर्दै आएका छन् । साथै उनीहरूले अमेरिकाको यस कदमको बदलामा आफूहरूले पनि कदम चाल्ने बताएका छन् । सोही विरोधस्वरूप कतिपयले सामान अमेरिका निर्यात गरेका छैनन् भने कतिले अमेरिकाको सामान पनि आयात गरेका छैनन् । विश्वका आर्थिक क्षेत्रका कतिपय सरोकारवालाहरूले भने यो अवस्थाले विश्वका अन्य क्षेत्रको अर्थतन्त्रमा पनि असर पर्ने भएकाले पछिल्लो यो असहमतिलाई व्यापार युद्धका रूपमा अघि बढ्न दिन नहुने बताउँदै आएका छन् ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: