Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

आगो नियन्त्रण गर्न रिजर्भ ट्यांकी र फायर मेसिन अभाव

ललितपुर । आगलागी तुरुन्त नियन्त्रणका लागि महानगरका भित्री भागमा पानी राख्ने ट्यांकी र फायर मेसिन व्यवस्था हुन सकेको छैन । महानगरपालिका भरमा जम्मा नागबहालमा मात्रै आधुनिक आगो निभाउने यन्त्र र रिजर्भ पानी छ । नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । दमकल छिर्ने बाटोसमेत नभएका यी स्थानमा उपकरणको व्यवस्था गर्ने र स्थानीयवासीलाई तालीम दिएर आगलागी नियन्त्रण आउन सक्छ । उनी भन्नुहुन्छ, “त्यसको व्यवस्थापन गर्न नसकिएकाले हिउँदमा आगलागीको जोखिम हुन्छ ।” आगलागी नियन्त्रण समयमै हुँदा ठूलो धनजनको क्षति हुनबाट जोगाउन सकिने उनले बताए । फायर मेसिन र पानीको उपलब्धता हुँदा स्थानीयवासीले आगो लाग्नासाथ निभाउन थाल्छन् । जसले गर्दा आगो ठूलो क्षेत्रफल फैलिएर धेरै क्षति हुन सक्दैन । प्रमुख महर्जन भन्छन्, “यी सामग्री उपलब्ध हुँदा नगरवासी दमकललाई खबर गर्नुभन्दा पहिले आगो निभाउन थाल्न सक्छन् ।” साँघुरो बाटोका कारण नगरका भित्री भागमा दमकल लैजान कठिन रहेको प्रमुख महर्जनले बताउनुभयो । चोकको भित्र आगलागी हुँदा गाडीलाई जाने ठाउँसम्म लगेर त्याहाँबाट रोलिङ गर्दै लान्ुपर्छ । रोलिङ घरमाथिबाट मिलाएर आगो लागेको स्थानसम्म पु¥याउँदा बढी समय लाग्ने हुँदा क्षति बढ्छ । उनी भन्छन “स्थानीयस्तरमा नै फायर मेसिन हुँदा सजिलो र चाँडो हुन्छ ।” केही वर्ष पहिले जापानी सहयोग संस्था जाइकाले रिजर्भ ट्यांकी निर्माण र फायर मेसिन खरिदमा आर्थिक र प्राविधिकरुपमा सहयोग गरेको थियो । संस्थाले स्थानीयवासीलाई आगो नियन्त्रणको उपायसमेत सिकाएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy