Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

हाँस्दै प्रवेश गरेका मन्त्री जब भए भावुक !

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उनले मंगलबार राजीनामा दिएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ - दिउँसो २ बजेपछि मन्त्रालयमा पत्रकार सम्मेलन सुरु भयो । तामाङसँगै उपस्थिति थिइन् पत्नी उषकला राई । हाँस्दै पत्रकार सम्मेलनमा प्रवेश गरेका तामाङले आफ्ना कुरा पनि हाँस्दै राखे । मन्त्रालय सम्हालेको छोटो समयमा आफूले गरेको कामको फेहरिस्त सुनाए । ३ असोजसम्म सबै कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार काम गरेको बताए । मौलिक हकसँग सम्बन्धित १५ वटा कानुन बनेर अगाडि बढिसकेको जानकारी दिए । सार्वजनिक पद धारण गरेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन मन्त्रिपरिषद्मा दर्ता भइसकेको, प्रदेश तहलाई १७ वटा कानुन बनाएर पठाएको, स्थानीय तहका न्यायिक समितिका लागि आवश्यक कानुन पनि पठाइसकेकोलगायतको प्रगति सुनाउँदै गर्दा उनी रोकिए । यी सबै कामहरू अन्तत्वगत्वा‘भन्दै भावुक बनेका उनी केहीबेर बोल्न सकेनन् । उनका आँखाबाट आँशु झर्न थाल्यो । सुशासन कायम गर्न र भ्रष्ट्राचार अन्त्य गर्न कानुनमा सुधार गर्नुपर्ने आफ्नो मान्यता रहेकाले सोहिअनुसारको कानुन बनाउने काम गरेको बताए । समयमा सम्पति विवरण नबुझाउने २५ जना न्यायाधिसलाई ५ हजारका दरले जरिवाना लगाउने न्यायपरिषदबाट निर्णय गराइएको बताए । आफुले मन्त्रीपदमा रहेर गरेका प्रगतिबारे जानकारी गराउनेक्रममा उनले यी सबै कामहरू अन्तत्वगत्वा....। भन्दै पुनः भावुक भए । पटक पटक आँशु पुछ्दै बोल्ने प्रयत्न गरेपनि उनको गला अवरुद्ध भइरह्यो । अन्ततः सम्हालिएर बोल्दै उनले समयसिमा भित्रै मौलिक हक कार्यान्वयन गर्ने कानुन बन्ने दृढता व्यक्त गरे । सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तामाङले गत २ चैतमा मन्त्रीको रुपमा सपथ लिएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending