श्रावण ९ गते, २०७५ बुधवार 25th July, 2018 Wed०८:०६:११ मा प्रकाशित
काठमाडौं । भूकम्पछि ध्वस्त भएको सांस्कृतिक धरोहर रानी पोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनाले पाउने भएको छ । रानीपोखरी कसले पुनर्निर्माण गर्ने भने विषयमा विवाद बढ्दै गएपछि सेनालाई जिम्मा दिन थालिएको हो ।
आजको अन्नपुर्णपोष्ट दैनिकमा यो खबर छ - रानी पोखरी निर्माणको जिम्मा सेनालाई दिने विषयमा मंगलबार रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच छलफल भएको थियो । रानी पोखरी निर्माणको जिम्मा सेनालाई दिन सरोकारवाला निकाय र मन्त्रीबीच छलफल भएको महानिर्देशक दाहालले जानकारी दिए ।
दाहालले भने, ‘रानी पोखरी कसरी बनाउने भन्ने विषयमा विवाद भएपछि महानगरपालिका र विभागको समन्यवमा सेनालाई निर्माण गर्न दिने विषयमा छलफल भएको हो । छलफल अन्तिम चरणमा पुगेको छ ।’ रानीपोखरीभित्र रहेको बालगोपालेश्वर मन्दिर पुरात्व विभागले बनाउँछ’, महानिर्देशक दाहालले भने, ‘बाहिरको अन्य संरचना भने महानगरपालिकाकै खर्चका सेनाले बनाउने हो ।’
अहिले नेपाली सेनाले निर्माण गरिरहेको संरचनामा कुनै विरोध छैन । जुनसुकै निर्माणको काम गर्दा पनि सेनाले समयमै सम्पन्न गरेको अभिलेख छ । ‘सेनाले निर्माण गरेको संरचनाको गुणस्तरमा समेत प्रश्न उठेको छैन ।
सेनाले निर्माण काममा देखाएको आफ्नो सक्षमता र जनताले समेत सेनाले निर्माण गरेको निर्माण काममा विरोध गरेका छैन । यी सबै विषयलाई मध्यनजर राख्दै सांस्कृतिक धरोहर रानी पोखरी निर्माणको जिम्मा पनि सेनालाई दिने तयारी भएको छ’, दाहालले भने ।
महानगरपालिकाले छनोट गरेको एपीए कन्सल्ट्यान्सीले रानी पोखरी पुरानै शैलीमा निर्माण गर्न आवश्यक डिजाएन समेत बनाइसकेको छ ।
पोखरी निर्माणको जिम्मा सेनालाई दिने विषयमा काठमाडौं महानगरपालिका पनि सकारात्मक रहेको छलफलमा सहभागी एक सदस्यले बताए । गत पुस १३ गतेदेखि रानी पोखरी पुनर्निर्माणमा रोकिएको थियो । पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिटको पर्खाल लगाएपछि सम्पदाविद्ले विरोध गरेका थिए । विरोधपछि महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशकसहितको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली र स्वरुप निर्माण निर्माण गर्ने सहमति भएको थियो ।
पुनर्निर्माण स्थगनसँगै यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको थियो । समूहमा पुरातत्वका पूर्वमहानिर्देशक विष्णुराज कार्की संयोजक रहेको समितिको सल्लाहकारमा तत्कालीन रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना समेत सहभागी थिए । विज्ञसमूहले पनि रानी पोखरी आधुनिक शैलीमा कंक्रिट प्रयोग गरी निर्माण गर्नु नहुने सुझाव दिएको थियो । विज्ञ समूहको सुझाव र सम्पदाविद्को विरोधपछि महानगरपालिकाले पुरानै शैलीमा रानी पोखरी निमार्ण गर्ने निर्णयसहित ठेक्का सम्झौता रद्द गरेको थियो ।
महानगरपालिकाले करिब सवाँ ६ करोड रुपैयाँमा आधुनिक शैलीमा पुनर्निर्माण थालनी गरेको थियो । पोखरी निर्माणको जिम्मा महानगरपालिकाले वल्र्डवाइड कँडेल केएन केजी जेभीलाई दिएको थियो । त्यसलगतै महानगरपालिकाले पुरानै शैलीमा रानीपोखरी पुनर्निर्माणको डिजाइन बनाउन परामर्शदाता समेत छनोट गरेको महानगरपालिकाका सार्वजनिक–निजी साझेदारी विभागका निर्देशक महेश काफ्लेले बताए ।
महानगरपालिकाले छनोट गरेको एपीए कन्सल्ट्यान्सीले रानी पोखरी पुरानै शैलीमा निर्माण गर्न आवश्यक डिजाएन समेत बनाइसकेको छ । एपीएको डिजाइनअनुसार पोखरी निर्माणमा झन्डै आठ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: