कालिका मन्दिरपरिसरमा वन्यजन्तु संरक्षण उद्यान बन्दै
श्रावण ९ गते, २०७५ बुधवार 25th July, 2018 Wed०८:२८:०५ मा प्रकाशित
बाग्लुङ। कालिका भगवती मन्दिरपरिसरमा वन्यजन्तु संरक्षण उद्यान बन्ने भएको छ । वन मन्त्रालयको सहयोगमा मन्दिर गुठी व्यवस्थापन समिति र बाग्लुङ नगरपालिकाको संयुक्त प्रयासमा उद्यान निर्माण सुरु भएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ - मन्दिरपरिसरमा रहेको जंगलमा तारबार गर्ने, अग्निरेखा बनाउने र केही वन्यजन्तु संरक्षण गर्न थालिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याइएको समितिका अध्यक्ष राजु खड्काले बताए ।
‘बाग्लुङ कालिका देशकै प्रसिद्ध शक्तिपीठ हो,’ अध्यक्ष खड्काले भने, ‘यस क्षेत्रका वन्यजन्तुलाई संरक्षण गर्न र धार्मिक पर्यटकलाई आकर्षित गर्नका लागि यो अवधारणा ल्याएका छौँ ।’ खड्काका अनुसार मन्दिरको चारैतिर फैलिएको १ सय ९० रोपनी जंगल क्षेत्रलाई वन्यजन्तु संरक्षण उद्यानका रूपमा विकास गरिनेछ ।
डँढेलोबाट जोगिन अग्निरेखा र तारजालीको काम वन मन्त्रालयको सहयोगमा अघि बढेको थियो । बाग्लुङ नगरपालिकाबाट वन्यजन्तु संरक्षणका लागि आर्थिक वर्ष ०७४÷०७५ मा १५ लाख विनियोजित भएको थियो । सोही रकमबाट तारजाली लगाउने काम भइरहेको छ । सबैतिर तारबार गर्न करिब चार करोड लाग्ने नगरपालिकाको अनुमान छ । यस वर्ष पनि वन्यजन्तु संरक्षण उद्यानका लागि बजेट छुट्याइने बाग्लुङ नगरपालिकाले जनाएको छ ।मन्दिरनजिकै तारबारले घेरेको अस्थायी संरचनामा दुईवटा मृग राखिसकिएको छ ।
पूर्वाधार तयारीसँगै अन्य वन्यजन्तुलाई पनि उद्यानमा राखिने नगरपालिकाले जनाएको छ । ‘मृगको गतिविधि, स्वभाव र खानपान बुझ्दै छौँ,’ अध्यक्ष खड्काले भने, ‘प्रारम्भिक अध्ययनअनुसार मन्दिरपरिसरको जंगलमा मृग, बाह्रसिंगे, बँदेल, चितुवालगायत वन्यजन्तु रहन सक्ने देखिएको छ ।’ जंगलपरिसरमा रहेका चरालाई पनि संरक्षित रूपमा राखिने नगरपालिकाको योजना छ । कालिज, मयूर कोइरलजस्ता दर्जनौँ प्रकारका चराजुरुंगी पनि उद्यानमा राखिने योजना छ । अगामी दसैंभित्र केही जनावर र चराजुरुंगी थप गरिने अध्यक्ष खड्काले जानकारी दिए ।
वन्यजन्तु बाहिरबाट ल्याउने तयारी
यस क्षेत्रमा नभएका वन्यजन्तु र चराजुरुंगी बाहिरबाट ल्याउने योजना रहेको अध्यक्ष खड्काले बताए । उनले भने, ‘अहिले हामी जंगल क्षेत्रका रुख–बिरुवाबारे अध्ययन गरिरहेका छौँ । मन्दिर क्षेत्रको सबै जंगल वन्यजन्तु संरक्षणका लागि रहन्छ ।’ वन्यजन्तु संरक्षणका लागि वन क्षेत्रलाई चारैतिरबाट सुरक्षित घेराबार गरिने भएको छ ।
कालिका मन्दिरको वन क्षेत्र समुद्री सतहदेखि करिब एक हजार मिटरको उचाइमा छ । उद्यानको विस्तृत सर्वेक्षण गर्न नगरपालिकाले विज्ञ टोली पनि खटाएको छ । सोही टोलीले दिने प्रतिवेदनका आधारमा वन्यजन्तु संरक्षणको कामलाई थप अघि बढाइने अध्यक्ष खड्काले बताए । टोलीले वनजन्तु संरक्षका लागि चाहिने सबै पूर्वाधार र जनशक्ति व्यवस्थापनमा उचित सुभाब दिनेछ । प्रारम्भिक अध्ययनअनुसार मन्दिरपरिसरमा वन्यजन्तु उद्यान बनाउन उपयुक्त देखाएको छ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: