Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

प्रदेश ३ मा १२ अर्ब सवारी राजस्व, कर्णालीको भने ९ करोड

काठमाडौँ । गत आर्थिक वर्षमा सवारी राजस्वबापत सबैभन्दा धेरै रकम प्रदेश–३ ले संकलन गरेको छ । प्रदेश–३ ले आर्थिक वर्ष २०७४-०७५ मा १२ अर्ब १३ करोड ८५ लाख ४२ हजार ५ सय ६१ रुपैयाँ राजस्व संकलन गर्दा कर्णाली प्रदेशले जम्मा ९ करोड २१ लाख ८७ हजार ४० रुपैयाँमात्र सवारी राजस्व संकलन गरेको छ । आजको कारोबार दैनिकमा यो खबर छ - गत आर्थिक वर्षमा सवारी राजस्वबापत सबैभन्दा धेरै रकम प्रदेश–३ ले संकलन गरेको छ । प्रदेश–३ ले आर्थिक वर्ष २०७४-०७५ मा १२ अर्ब १३ करोड ८५ लाख ४२ हजार ५ सय ६१ रुपैयाँ राजस्व संकलन गर्दा कर्णाली प्रदेशले जम्मा ९ करोड २१ लाख ८७ हजार ४० रुपैयाँमात्र सवारी राजस्व संकलन गरेको छ । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार उक्त राजस्वमा सवारीसाधान कर, सडक सम्भार तथा मर्मत शुल्क, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर, इम्बोस्ड–जडान शुल्क, दण्ड जरिवाना र यातायात क्षेत्रको आम्दानी शीर्षकमा रहेको छ । संघीय व्यवस्थाअनुसार अब सडक सम्भार तथा मर्मत दस्तुर र इम्बोस्ड–प्लेट जडान शुल्कबाहेकका आम्दानी प्रदेश सरकारको आम्दानी हुनेछ । यो रकम प्रदेशले ६० प्रतिशत र स्थानीय तहले ४० प्रतिशत पाउने व्यवस्था गरिएको छ । यातायात क्षेत्रबाट संकलित सवारी राजस्वको ५१ प्रतिशतभन्दा बढी प्रदेश–३ ले उठाएको छ । आव २०७४-७५ मा देशभरबाट २३ अर्ब ६४ करोड ९९ लाख १९ हजार ३ सय ४७ रुपैयाँ सवारी राजस्व संकलन भएको छ । प्रदेश–३ मा सवारी साधन करमार्फत ५ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । त्यसैगरी सडक सम्भार तथा मर्मत शुल्क शीर्षकमा ५ अर्ब ३० करोड, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुरमार्फत १ अर्ब र इम्बोस्ड–प्लेट जडानबाट १ करोड ९५ लाख ६८ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।सवारी राजस्व धेरै संकलन गर्ने प्रदेशमा दुई–दोस्रो स्थानमा रहेको छ । आव २०७४-७५ मा प्रदेश–२ अन्तर्गतका यातायात कार्यालयले ४ अर्ब २६ करोड ९३ लाख ३० हजार २ सय ६६ रुपैयाँ राजस्व संकलन गरेको छ । कुल सवारी राजस्वमा प्रदेश २ को हिस्सा १८ प्रतिशत रहेको छ । यस्तै तेस्रो बढी राजस्व संकलन गर्ने प्रदेशको सूचीमा ५–परेको छ । प्रदेश– ५ ले गत आवमा ३ अर्ब ३० करोड ४ लाख ४४ हजार १ सय ५३ रुपैयाँ संकलन गरेको छ । यो कुल राजस्वको करिब १४ प्रतिशत हो ।प्रदेश १ अन्तर्गतका यातायात कार्यालयले गत आवमा २ अर्ब १२ करोड ६७ लाख ५१ हजार २ सय ७७ रुपैयाँ राजस्व संकलन गरेका छन् । प्रदेश १ सवारी राजस्व संकलनका आधारमा चौथो स्थानमा रहेको छ भने उक्त प्रदेशले उठाएको राजस्व कुल राजस्वको करिब १० प्रतिशत हो । यसैगरी गत आवमा प्रदश–४ अन्तर्गतका यातायात कार्यालयले १ अर्ब २० करोड ५२ लाख ३ हजार ४ सय ६१ रुपैयाँ राजस्व संकलन गरेको थियो । प्रदेश–७ ले ५१ करोड ७४ लाख ६० हजार ५ सय ९० रुपैयाँ राजस्व संकलन गरेको थियो । सबैभन्दा कम प्रदेश–६ ले ९ करोड २१ लाख ८७ हजार ४० रुपैयाँ मात्रै राजस्व संकलन गरेको विभागको तथ्यांकमा छ । यातायात कार्यालयले सबैभन्दा बढी सवारी साधन कर शीर्षकमा रकम संकलन गरेको छ । विभागमा अनुसार यो शीर्षकमा १० अर्ब ६५ करोड, ७६ लाख ९९ हजार रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । यसैगरी सडक सम्भार तथा मर्मत दस्तुरमार्फत ९ अर्ब ४३ करोड ३६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । यस्तैगरी सवारी चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर शीर्षकमा दुई अर्ब ८४ करोड ७० लाख रुपैयाँ र इम्बोस्ड–प्लेट जडान मार्फत एक करोड ९५ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको विभागले जनाएको छ । प्रदेशहरूले करका दरहरू परिवर्तन गरेका कारण चालू आर्थिक वर्षमा राजस्व संकलन वृद्धि हुने छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy