श्रावण ९ गते, २०७५ बुधवार 25th July, 2018 Wed०९:१६:०० मा प्रकाशित
काठमाडौँ । सुरुमा ब्राह्मी भनियो । ब्रह्माको बोली भनेर । शासकहरूकै भाषामा त्यसपछि लिच्छवि भनियो । त्यसैलाई पछि नेवारी भनियो । नेवारी लिपिभित्रै एउटा सुन्दर लिपि विकास भयो । बाह्रौं शताब्दीदेखि त्यो लिपिलाई रञ्जना भनियो ।
आजको कान्तिपुर दैनिकमा यो खबर छ - बौद्ध धर्मका धेरै ग्रन्थ लेखिए । कतिपय हिन्दु ग्रन्थ पनि । सरस्वती बास गर्ने अक्षरलाई सुनको मसीले लेख्न भनियो । अक्षर सुन्दर पार्न डिको दिन थालियो । हेर्दा सुन्दर र बुझ्दा आनन्द । जसले लिपिका अक्षर पढ्यो उसको मन रञ्जन हुने भएकाले रञ्जना नाम काडियो ।
इतिहासकारहरू नेपालको यो मौलिक लिपिको आफ्नै इतिहास ठोस रूपमा ठोकुवा गर्न सक्दैनन्, लिपिकै इतिहास लिपिबद्ध छैन भन्छन् । तर रञ्जना लिपिसँगै काठमाडौं सभ्यताको पहिचान गाँसियो । शताब्दीयौंसम्मका इतिहास, भाषा, संस्कृति, परम्परा, विश्वास र मान्यताका प्रमाण यही लिपिले जोगायो ।
करिब दुई हजार वर्षको इतिहास बोकेको लिपि आफैंमा मौलिक सम्पदा रह्यो । काठमाडौंबाहिर सिञ्जा र डोटीजस्ता पश्चिमी किल्लाहरूसम्म पुग्यो । उत्तरमा चीन हुँदै जापानसम्म । भारतीय सहरहरूसम्म फैलियो । तर राजनीतिक परिवर्तनहरू र बाह्य प्रभावहरूको प्रवाह थेग्न सकेन । शाहकालयता यसलाई राज्यले दुरुत्साहित पार्दै लग्यो । लिपि सुस्ताउँदै जाँदा अहिले त सम्झना मात्रै ।
मठमन्दिरमा हिन्दु, बौद्ध धर्मसम्बन्धी श्लोक, मन्त्र, तान्त्रिक विधि, स्वास्थ्य उपचार विधिलगायत हजारौं पुस्तक रञ्जना लिपिमै लेखिएका छन् । सातौं शताब्दीतिर तान्त्रिक विद्या सुरु भएसँगै मन्त्र लेखिन थालेको मानिन्छ । त्यसकारण यो लिपिको ज्ञानले काठमाडौ सभ्यताको ठूलो कालखण्डको इतिहास बुझ्न सघाउँछ ।
लेख्न गाह्रो हुने, खर्चिलो हुने यही विस्मृत लिपिको जनस्तरमा पठनपाठन भने जेनतेन जारी छ । काठमाडौंको ज्याठास्थित नेपाल लिपि गुठीमा कक्षा लिन जाने विद्यार्थी इतिहासलाई इतिहासकै लिपिले बुझ्न उत्सुक देखिन्छन् । कतिले यसको युनिकोड बनाएर सफ्टवेयरमा राख्न पहल गर्दैछन् । फन्ट बनाउन खोज्दैछन् ।
काठमाडौं उपत्यकाका विभिन्न पुस्तकालय, संग्रहालयमा गरी रञ्जनामा लेखिएका हजारौं हजार ग्रन्थ आफंैमा अथाह सम्पत्ति हुन् । मुद्रण प्रविधिको विकास हुनुअघिका यी ग्रन्थभित्र हातले लेखिएका एकएक अक्षर आफैंमा कलाका स्वरूप हुन् । यिनको अध्ययन गर्ने चाख आजका विद्यार्थी, शोधार्थी र इच्छार्थीहरूमा हुनु आफ्नो सभ्यताको सम्मान र सिकाइ हो ।
त्रिभुवन विश्वविद्यालयको नेपाल भाषा केन्द्रीय विभागले रञ्जनासहित विभिन्न लिपिबारे पठनपाठन गर्छ तर स्नातकोत्तरका दुवै सत्रमा गरी जम्मा बीस, बाइस जना विद्यार्थी हुने गर्छन् । नेपाल भाषामै पढाइलेखाइ गर्न पनि देवनागरी प्रयोग गर्नुपर्ने हुन्छ । लिपि विज्ञानअन्तर्गत लिपि यान्तरण गर्न सिकाइन्छ जसमा एउटा लिपिबाट अर्कोमा बदलेर पढ्न र बुझ्न सकिन्छ ।
त्यसकारण रञ्जनाको जगेर्ना गर्न स्थानीय जागरण जति आवश्यक छ, उति राष्ट्रिय नीति र स्थानीयताको सम्मान । कुनै पनि लिपि राजनीतिले मात्र होइन साहित्यले पनि जोगाउँछ । नेवारी साहित्य पनि देवनागरी लिपिमा लेखिन थालेपछि रञ्जनाका अभिभावक कोही भएनन् । रञ्जनामै साहित्य रचना गर्न र गराउन सोझै नसकिए पनि यसको व्यावहारिक पठनपाठनका लागि प्रविधि प्रयोग प्रोत्साहित गर्न सकिन्छ । कम्तीमा सुरुवात यसको प्रचारबाट त गर्न सकिन्छ । काठमाडौं महानगरपालिकालगायत केही स्थानीय तहले कार्यालयहरूको बोर्ड र लेटरप्याडमा रञ्जना लिपि प्रयोग थालेका छन् तर सुदीर्घ नीति तय गर्न सकेका छैनन् ।
कैयौं रैथाने भाषा जसोतसो बाँचे पनि लिपिविहीन छन् । लिपि नभए आजको छ्यासमिसे समयमा कमजोर भाषा मौलिक रहन झन् गाह्रो हुन्छ । त्यसले अन्तत: समुदायलाई हीनभावग्रस्त बनाइदिन्छ । मौलिक लिपिले समुदायको सभ्यतासँगै आत्मसम्मान बचाइरहेको हुन्छ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: