Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

पहाड भत्किएर सुख्खा पहिरो

म्याग्दी, गत वैशाख १२ गतेको भूकम्प र पटक–पटकको पराकम्पनका कारण चर्किएको पहाड भत्किएर म्याग्दीको भगवती गाविस–२ बैसरीमा शुक्रबार बिहान सुख्खा पहिरो गएको छ । कालीगण्डकी नदी पारी रहेको राम्चे गाविस–९ मा पर्ने काफलडाँडाको भिरबाट खसेको पहिरोले नदीवारि रहेको बैसरीका पाँचवटा घर भत्काएको छ । बिहान ४ः३० बजे खसेको पहिरोका कारण बैसरी र राम्चे–९ का २५ घरपरिवार प्रभावित बनेको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक हीरा गिरीले बताए । बैसरीका प्रेमबहादुर पुनको दुईवटा घर भत्किएको छ । खड्गबहादुर पाइजा, सोमबहादुर गुरुङ, राजन केसी र लालबहादुर खोरजाको घरमा पहिरोले क्षति गरेर बस्न नसकिने बनाएपछि विस्थापित भएका छन् । सुख्खा पहिरोको धुलोले बैसरी गाउँको ५०० मिटर वरपर धुलाम्मे बनेको छ । स्थानीयका अनुसार भूकम्पका कारण चर्किएको पहाडबाट बिहीबार दिउँसोदेखि पहिरो खस्न थालेको थियो । पहिरो खस्न थालेपछि स्थानीयले बिहीबार साँझै घर छाडेकाले मानवीय क्षति हुन पाएन । चर्किएको पहाड अझै रहेकाले थप पहिरो खस्ने जोखिम रहेको बैसरीका बासिन्दा कृष्ण पाइजाले बताउनुभयो । बैसरी गाउँभन्दा ५०० मिटरभन्दा माथिको अक्करे भिरको चट्टानी पहाड भत्किएर पहिरो खसेको हो । पहिरोले मुहान र पाइपलाइन पुरेकाले बैसरीमा खानेपानी आपूर्ति पनि बन्द भएको छ । बेनी जोमसोम सडकअन्तर्गत पर्ने बैसरीको पुरै बस्ती पहिरोको जोखिममा परेपछि स्थानीय विस्थापित हुने अवस्थामा पुगेका छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, प्रहरी नायब उपरीक्षक हीरा गिरी, भू–संरक्षण अधिकृत दिवाकर पौडेलसहितको टोली पहिरो खसेको ठाउँ काफलडाँडा भिरको स्थलगत अनुगमनमा गएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy