Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

पहिराेमा बेपत्ता भएका ९ मध्ये एककाे शव भेटियो

रसुवा । रसुवाको टिमुरेमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। बेपत्ता भएका ९ जना मध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको छ। हराएकाहरूको खोजी तथा उद्दार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक दिलिप क्षेत्रीले बताए। बेपत्ता हुनेमा मंगल तामाङ, बिक्रम नेवार, सुसे खड्का, कामी घले, प्रसान ग्याल्मो घले, मिङ्मार तामाङ रहेका छन्। बेपत्ता भएका सुमो चालकको विवरण आएको छैन् भने सर्मिलाको थर खुलेको छैन्। उद्दारका लागि दुई वटा स्काभेटर र डोजरको प्रयोग गरिएको छ। राति एक बजे तिर पहिरो गएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका १२ जनाको उद्दार गरिएको छ। घाइतेमध्ये चारको अवस्था गम्भीर छ। राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकी समेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। पहिरोले एउटा पक्की र दुई वटा कच्ची घर पुरिएका छन्। घाइतेको चिनियाँ क्याप्प र टिमुरे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। रातिको समयमा उद्दार मात्रै गर्न सम्भव भएकोले गम्भीर घाइतेलाई जिल्ला अस्पताल तथा काठमाडौं रिफर गर्नका लागि अहिले तयारी भइरहेको प्रहरीले जनाएको छ। रातिको समयमा पहिरो गएका कारण क्षतिको एकिन विवरण आउन नसकेको बताइएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending