Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

फिरौती लिएपछि बालकको हत्या

बारा । जितपुर सिमरा उपमहानगरपालिका–७, बाट डेढ महिनाअघि अपहरित ९ वर्षीय बालक अंकित गुप्ताको हत्या भएको खुलेको छ । उनी गत जेठ २२ मा घरछेउ साथीको घरमा खेल्न गएका बेला अपहरणमा परेका थिए । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - हत्या घटनाले परिवार शोकमा डुबेको छ । ‘अपहरण मुक्त गराउन न भारतीय प्रहरीले साथ दियो, न नेपाल प्रहरीले,’ अंकितका बाबु ललनले भने, ‘साढे ६४ लाख भारु फिरौती तिर्दा पनि छोरा फिर्ता आएन ।’ बालकको अपहरण गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको छ । एक जनाको खोजी भइरहेको छ । पक्राउ परेका व्यक्तिको बयान र बालकको घाँटीमा लगाइएको हनुमान मालाको पहिचानका आधारमा हत्या नै भएको खुलेको हो । पक्राउ परेका व्यक्तिले पर्साको जगरनाथपुरस्थित नहरछेउमा बालकलाई हत्या गरी फालिएको बयान दिएका छन् । बयानअनुसार गत साउन ३ गते त्यहाँ खोजतलास गर्दा बालकको शव फेला परेको थियो । थप पुष्टि गर्न हाड र मुखको बंगारा झिकेर डीएनए परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । पर्साको पोखरिया नगरपालिका–७ घर भई वीरगन्ज महानगरपालिका–२४ रानीघाटमा बस्दै आएका २२ वर्षे रामप्रवेश साह गोढ, उनकी भाउजू पर्ने पार्वतीदेवी गिरी र भारत बेतियाका सुरज गिरीलाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले बताए । रामप्रवेशलाई ७ गते घरबाटै ३ लाख ३६ हजार भारतीय रुपैयाँ र अपहरणमा प्रयोग गरिएको मोटरसाइकलसहित पक्राउ गरिएको छ । बारा प्रहरीले पक्राउ परेका तीनै जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy