Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

प्रदेश सदरमुकाम जान भारतीय बाटो

काठमाडाैं । नेपालतर्फबाट सदरमुकाम आउने हुलाकी सडक खराब भएपछि जिल्लाको दक्षिण–पूर्वी भेगका बासिन्दा मलंगवा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्ने गरेका छन् । वर्षामा हुलाकी सडकमा पैदल हिँड्नसमेत समस्या छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - दक्षिण–पूर्वी भेगमा पर्ने संग्रामपुर, पर्सा, जिंगडवा, नोकेल्वा, हरिपूर्वालगायत दर्जनौँ गाउँका बासिन्दा भारतीय बाटो प्रयोग गरेर सदरमुकाम आउँछन् । वर्षामा हुलाकी सडकमा गाडी नचल्ने संग्रामपुर बजारका व्यापारी पुनीत रायले बताए । सडकमा खाल्डाखुल्डी बढी भएको र हिलाम्मे हुँदा हिँड्न नसकिने उनको भनाइ छ । लामो समयदेखि निर्माणाधीन ब्रह्मपुरी गाउँपालिकामा पर्ने सखुवा खोलाको पुल अलपत्र हुँदा वर्षामा हुलाकी सडकमा गाडी गुड्न नसकेको हो । आफूहरू भारतको सोनवर्सा हुँदै मलंगवा जाने गरेको संग्रामपुर बजारका व्यापारी रायले बताए । ‘यहाँका मान्छे प्रायजसो भारततिरबाटै मलंगवा जान्छन्,’ उनले भने, ‘उतातिर पिच बाटो छ, छिट्टै पुगिन्छ, यताको बाटामा खाल्डाखुल्डी र हिलो भएर हिँड्नै सकिँदैन ।’ हिउँद याममा भने खाल्डाखुल्डी भए पनि नेपालबाटै हिँड्ने गरेको स्थानीय बताउँछन् । पानी पर्न सुरु भएपछि भने सवारीसाधन फस्ने उनीहरूको भनाइ छ । पर्सा गाउँपालिकाका प्रमुख किसुनदेव रायले हुलाकी सडकको दयनीय अवस्थाका कारण स्थानीयले बाध्यतावश भारतीय बाटो प्रयोग गरिरहेको बताए । रायले भने, ‘यहाँका बासिन्दाको किनमेल गर्ने बजार सोनवर्सा नै हो, सदरमुकाम मलंगवा जाँदा आउँदा उतैको बाटो प्रयोग गर्छन्, यहाँको हेरी उताको बाटो राम्रो पनि छ छिटो पनि हुन्छ । पूर्वमन्त्रीहरू नै भारतबाट हिँड्छन् राजपा अध्यक्षमण्डलका सदस्य तथा पूर्वमन्त्रीद्वय राजेन्द्र महतो र महेन्द्र राय यादवको घर पनि जिल्लाको दक्षिण–पूर्वी क्षेत्रमा नै पर्छ । दुवैजना संघीय संसद्का सांसद हुन् । उनीहरू पनि सदरमुकाम मलंगवा जान–आउन भारतीय बाटो नै प्रयोग गर्छन् । हुलाकी सडक निर्माणको काम सुस्त हुँदा स्थानीयलाई सास्ती भएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy