Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

अमेरिकाले निहुँ खोजे तहस-नहस पारिदिने इरानकाे धम्की

इरान र अमेरिकाबीच जारी तनाव दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको विषयमा आक्रामक प्रतिक्रिया दिएपछि इरानी सेनाका एक कमाण्डरले त्यसको प्रत्युत्तरमा राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएका छन् । इरानी समाचार एजेन्सी आइआरएनएका अनुसार, राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमार्फत् इरानले अमेरिकालाई तर्साउन खोजे आक्रमण गर्ने धम्की दिएपछि इरानी सेनाका मेजर जनरल कासिम सुलेमानीले अमेरिकाले इरानमाथि आक्रमण गरे “उसलाई तहस नहस पारिदिने” धम्की दिएका हुन् । सुलेमानीका अनुसार यदि ट्रम्पले युद्ध सुरु गरे त्यसलाई इस्लामिक गणतन्त्रले समाप्त गर्ने छ । अमेरिका इरानसँग २०१५ मा भएको परमाणु सम्झौताबाट पछाडि सरे यता दुई देशबीच तिक्तता बढेर गएको छ । \"\" मेजर जनरल सुलेमानी इरानको रिभोल्युसनरी गार्ड्सको कुर्दस् फोर्सका प्रमुख हुन् । बिहिबार ट्रम्पलाई सम्बोधन गर्दै सुलेमानीले भने, “एउटा सैनिक हुनुको नाताले तपाईंका धम्कीहरुको उत्तर दिनु मेरो कर्तब्य हो ।” सुलेमानीले भने, “तपाईं राष्ट्रपति हसन रुहानीसँग होइन मसँग कुरा गर्नुस् । तपाईंजस्ताको प्रश्नको उत्तर दिइराख्नु हाम्रा राष्ट्रपतिको गरिमा विरुद्ध छ ।” अमेरिकासँग निहुँ खोजे इरानले आजसम्म कहिल्यै नदेखेको नरसंहार देख्ने ट्रम्पको चेतावनीको उत्तर दिँदै उनी भन्छन्, “हामी तपाईं नजिकै छौं, यति नजिक कि तपाईं कल्पना समेत गर्न सक्नु हुन्न । आउनुस् हामी तयार छौं । तपाईंले युद्ध सुरु गरे हामि त्यो युद्ध समाप्त पार्ने छौं र त्यस युद्धले तपाईंलाई ध्वस्त पारिदिने छ ।” जनरल कासिम सुलेमानीले अमेरिकी राष्ट्रपति ट्रम्पमाथि आपत्तिजनक भाषा प्रयोग गरेको आरोप समेत लगाएका छन् । राष्ट्रपति ट्रम्पले आइतबार उक्त धम्कीपूर्ण ट्विट गरेका थिए । तर, त्यसको दुई दिनपछि मात्र ट्रम्पले अमेरिकाले इरानसँग “वास्तविक डील गर्न तयार रहेको” बताएका थिए । ट्रम्पले इरानी राष्ट्रपति हसनको धम्कीको उत्तरमा उक्त ट्विट गरेका थिए । \"\" इरानी समाचार एजेन्सीका अनुसार रूहानीले इरानसँग शान्तिपूर्ण सम्बन्ध राखिराख्नु अमेरिकाका लागि श्रेयस्कर हुने बताएका थिए । उनका अनुसार, “अमेरिकालाई थाहा हुनु पर्दछ कि इरानसँग शान्ति राखे विश्वमा शान्ति रहनेछ, र उसँग युद्ध गर्न चाहे त्यसले ठुलो रुप लिन सक्छ ।” मे महिनामा अमेरिकाका राष्ट्रपति ट्रम्पले बाराक ओबामासँग भएको इरान न्यूक्लियर डीलबाट आफू बाहिर आउने घोषणा गरेका थिए । उनले यूरोपका केही देशको सल्लाहमा न्यूक्लियर डीललाई बेकारको संज्ञा दिँदै यसबाट बाहिरिने घोषणा गरेका थिए । यसको जवाफमा इरानले परमाणु ऊर्जा र हथियार बनाउन प्रयोग हुने यूरेनियम उत्पाल फेरि सुरु गर्ने धम्की दिएको थियो । न्यूक्लियर डीलमा संलग्न अ्रन्य देशले आपत्ति जनाए पनि अमेरिकाले इरानमाथि तेल, विमान निर्यात र बहुमूल्य धातुको व्यापारमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । परमाणु ऊर्जा तथा यूरेनियमउत्पादन बन्द गरेको दावी गर्दै आएको इरानप्रति अमेरिका अझै विश्वस्त हुन सकेको छैन । यी दुई देशबीचको लडाईको एउटा मुख्य कारण इरानमाथि अकेरिकाकाे शंका भएको विश्लेषक बताउँछन् । यही कारणले अमेरिकाले इरानको दुश्मन मानिएको इजरायल र साउदी अबरसँग सम्बन्ध बिस्तारको गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy