Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बन्द हुने पालो अब कुन–कुन टेलिभिजनको ?

काठमाडौं, केही वर्षयता वर्षामा च्याउ उम्रे झैं उम्रिरहेका टेलिभिजन स्टेसनहरु बन्द हुन पालो पर्खिरहेका छन् । व्यावहारिक, कानुनी र ‘प्रतिष्ठाकाे इगो’ का कारण बन्द हुन नसकी कुनै न कुनै निहुँ या बहाना पर्खिरहेका निजी क्षेत्रका केही टेलिभिजनहरुले महाभूकम्पलाई गतिलो निहुँ पाइएको ठान्न थालेका छन् । पर्याप्त लगानी, विषयवस्तुको ज्ञान र सञ्चारक्षेत्रको दायित्व एवम् भूमिकाबारे खासै अध्ययन–अनुसन्धानको अभावमै खोलिएका टिभी स्टेसनहरु धमाध बन्द हुने क्रममा रहेको एक निजी टेलिभिजनमा कार्यरत सञ्चारकर्मीले बताए । ‘धेरैजसो टिभी च्यानलहरु निश्चित राजनीतिक राजनीतिक स्वार्थपूर्तिको उद्देश्यले खोलिएका छन् र तिनका राजनीतिक दलहरुको स्थिति खस्कँदा वा टिभी च्यानलसँग सम्बन्ध बिग्रँदा धरापमा पर्ने गरेका छन्’, उनी भन्छन्– ‘कतिपय च्यानलहरु अनेकधरी धन्दा गर्नेहरुले आफ्नो कालो धनलाई सेतो बनाउन खोलेकाले पनि ती धरापमा छन् ।’ जेठ १ गतेदेखि सूचना टाँस गरेरै एक महिनाका लागि भन्दै तराई टेलिभिजन (टीटीभी) बन्द भएको छ । १ महिना भनिए पनि अब साे टिभी या त बिक्री हुने नत्र सधैंका लागि बन्द हुने त्यहाँ कार्यरत एक सञ्चारकर्मीले बताए । टीटीभीका सञ्चालक मदनभक्त श्रेष्ठलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई रिलाउन सहकारी संस्थाबाट १४ करोड ठगी अभियोगमा पक्राउ गरिएको हो । रिलाउनका निर्देशक तथा कोषाध्यक्ष समेत रहेका श्रेष्ठलाई टीटीभी बन्द भएको साता बित्न नपाउँदै प्रहरीले पक्राउ गरेको हो । सञ्चालक श्रेष्ठले १ करोड ५० लाखमा उक्त टेलिभिजन खरिद गरेका थिए । लामो समयदेखि पत्रकार तथा कर्मचारीलाई बाँकी तलब नदिएका उनले छिट्टै उपलब्ध गराउने बताउँदै आएका थिए । तर, उनी पक्राउ परेपछि ७० भन्दा बढी पत्रकार–कर्मचारीहरु झन् समस्यामा परेका छन् । उनीमाथि विभिन्न व्यक्तिलाई ठगी गरेको समेत आरोप लाग्दै आएको छ । हिमालय टेलिभिजनका मालिकले श्रमजीवी पत्रकारहरुमाथि अमर्यादित व्यवहार गरेको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् । आन्दोलनरत पत्रकारहरुले आफ्ना माग पूरा नभएसम्म काममा नफर्कने अडान लिएका छन् । श्रमजीवी पत्रकार ऐन समेतको पालना नगरेको हिमालय टेलिभिजनका सञ्चालकले प्रहरी–प्रशासनको आडमा पत्रकारलाई थुनामा हाल्न लागेको भन्दै पत्रकार महासंघ हिमालय प्रतिष्ठान शाखाले आपत्ति जनाएको छ । महाभूकम्पपछि न्यूज २४ र एभिन्युज टेलिभिजनका सञ्चालकहरुले समेत टिभी बन्द गर्न विभिन्न बहाना खोजिरहेका छन् भने केही टेलिभिजनहरुले भूकम्पसँगै व्यवस्थापक परिवर्तनको क्रम समेत अगाडि बढाएका छन् । स्मरणीय छ, केही वर्षअघि टाट पल्टेर बन्द गर्ने बहाना खोजिरहेको स्पेसटाइम दैनिक भदौ १२ गते इराकमा दर्जनौं नागरिक मारिएको झोंकमा राजधानीमा भएका केही तोडफोडको बहानामा सधैंका लागि बन्द भएको थियो । ‘कालो धनलाई सेतो बनाउने’ भनिएका अत्यन्तै सन्देहास्पद सञ्चार उद्यमी जमिम शाहले उक्त पत्रिका सञ्चालन गरेका थिए । श्रमजीवी पत्रकारको हकहित कायम गर्ने वाचासहित निर्वाचित नेपाल पत्रकार महासंघका पदाधिकारीहरु भने यतिबेला पत्रकारहरुमाथि आइपरेको समस्यामा मुकदर्शक मात्रै बनेको आरोप पत्रकारहरुले लगाएका छन् । भूकम्पले घरवस्ती सखाप पारेको र आफन्तजन आहत भइरहेको पीडामा समेत पूरै खटेर काम गरेका अधिकांश पत्रकारले तलब नपाउँदा अनि संस्था नै बन्द भएर जागिर नै धरापमा पर्दा समेत महासंघ चुपचाप बसेको उनीहरुको गुनासो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy