Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

पूर्वप्रधानमन्त्री नवाज शरीफ विरामी

पाकिस्तान । यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी परेको एक पाकिस्तानी मन्त्रीले आइतबार बताएका छन् ।

शरीफ र उनकी छोरीलाई भ्रष्टाचार मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले क्रमशः १० र सात महिनाका लागि जेल सजाय तोकिदिएपछि यही जुलाई १३ गते पक्राउ गरिएको थियो । उनीहरूले बेलायतमा अवैध रूपमा सम्पत्ती जम्मा गरेको भन्ने पानामा पेपर्समार्फत सूचना बाहिरिएपछि अनुसन्धान शुरु गरिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तका कामचलाउ गृह मन्त्री शौकात जावेदले राज्य सञ्चालित पाकिस्तानी टेलिभिजनसँगको कुराकानीमा भने “पूर्व प्रधानमन्त्री शरीफको इलेक्ट्रोकार्डियोग्रामको एक रिपोर्टमा फेरबदलको समस्या देखिएकाले उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ ।”

“पूर्व प्रधानमन्त्री शरीफलाई इश्लामावादस्थित ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ मा लगिएको छ । उनी कति दिन अस्पताल बस्नुहुनेछ यो सबै चिकित्सकको सल्लाहमा निर्भर हुनेछ,” जावेदले भने ।

शरीफले आफूलाई लक्षित गरी पाकिस्तानी शक्तिशाली सुरक्षा समूहबाट खतरा रहेको बताउनुहुने शरीफले निर्वाचनमा आफ्नो दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) गत बुधबार भएको निर्वाचनमा प्रसिद्ध पूर्व क्रिकेट खेलाडी इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफसँग पराजीत बनेपछि आफ्नो राजनीतिक जीवनलाई जोगाउन सङ्घर्ष गरिरहेका छन्।

शरीफलाई भ्रष्टाचार आरोप लागेपछि उनले प्रधानमन्त्रीका रूपमा काम गर्न अयोग्य रहेको पाकिस्तानी अदालतले राय दिएको थियो । पछि उहाँ पार्टीको अध्यक्षबाट पनि हट्नु भएको थियो । उनको अनुपस्थितिमा उहाँकै सहोदर भाई शहवाजले पिएमएल–एनको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । पिएमएल–एनका नेता शहवाजले हालैको निर्वाचनमा धाँधली भएको भन्दै अन्य दलले झैँ निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउदै आउनुभएको छ । उनीहरूले निर्वाचनमा भएको धाँधलीको विरोधमा आन्दोलन गर्ने पनि बताउँदै आएका छन् । संयुक्त राज्य अमेरिका, यूरोपेली यूनियन तथा अन्य निर्वाचन पर्यवेक्षकले खानको पक्षमा परिणाम पार्न सेनाले सघाएको दावी विभिन्न क्षेत्रबाट आएपछि शुक्रबार निर्वाचनबारे सन्देह व्यक्त गरिएको थियो । खानको विजयले पिएमएल–एन र भूट्टो वंशको पाकिस्तान पिपुल्स पार्टी र सेनाबीच चल्दै आएको आलोपालो नेतृत्वलाई अन्त्य गरेको छ । एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy