Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

लामाले ल्याए खेलकूद पुनर्संरचनाको प्रस्ताव

काठमाडौं, वैशाख १२ र त्यसयताका भूकम्पले क्षति पुर्याएका खेलकूदसम्बद्ध निकायहरुको पुनर्निर्माणका लागि झन्डै एक अर्ब लाग्ने राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव युवराज लामाले जनाएका छन् । भूकम्पका कारण नयाँ बनेका भौतिक संरचनालाई भूकम्पले क्षति नगरेको उल्लेख गर्दै लामाले पुराना संरचनामा भने ठूलै क्षति पुगेको बताएका छन् । यस्तो छफ भूकम्पले पुर्याएको क्षतिको विवरण– १. अन्तर्राष्ट्रिय रंगशाला (रेटिफिकेसन नगरिएको जति) भत्कियो । २. केन्द्रीय कार्यालय काम नलाग्ने भयो । ३. त्रिपुरेश्वरको पौडीपोखरी पूरै भत्कियो । ४. त्रिपुरेश्वरको कभर्ड हल र सेमी–कभर्ड हल चर्कियो । ५. खेलाडी होस्टल र स्वास्थ्य शाखा बिग्रियो । रंगशालालाई रेटिफिकेसन (पुनर्ताजगी) गर्न सुरु गरिएको थियो । यदि यस कर्यको सुरुआत भएको थिएन भने भूकम्पले पूरै रंगशालालाई काम नलाग्ने बनाइदिन्थ्यो । यसकारण रंगशालाको धेरैजसो भाग जोगिएको छ । जति जोगिएको छैन, त्यसलाई बनाउनैपर्छ र रेटिफिकेसन गरे जतिमा ल्याएर जोड्नुपर्छ । यसरी गरिनुपर्छ पुननिर्माण– १. रंगशाला– रेटिफिकेसन नभएको भाग, जो भत्किएको छ, लाई भत्काएर नयाँ बनाउने र रेटिफिकेसन गरेको भागमा जोड्ने (भीआईपी प्यारापिटको पछाडिको सडकतिरको छानोलाई हटाउने) । २. केन्द्रीय कार्यालयलगायतका सम्पूर्ण भत्काउनुपर्ने बिल्डिङ भएको स्थानलाई खाली गराउने र ५ हजार जति मानिसलाई चहलपहल गर्न पुग्ने स्थान बनाउने । ३. भत्किएको पौडीपोखरी र लङटेनिस भएको स्थानमा एउटा अन्तर्राष्ट्रिय स्तरको ४ हजारसम्म सिट क्षमताको बहुउद्धेश्यीय कभर्ड हल बनाउने र सोही क्षेत्रमा २० कोठाको खेलकूद प्रशासनिक भवन बनाउने । ४. स्वीमिङ पुल र खेलाडी होस्टललाई मूलपानीमा निर्माण गर्ने । ५. त्रिपुरेश्वरको कभर्ड हललगायत देशभरि चर्किएका भौतिक निर्माणलाई दुरुस्त बनाउने । ‘यति गर्न सक्दा अन्तर्राष्ट्रिय प्रतियोगिता सहज बन्छ । खेलकूदको पुनर्निर्माण सम्बन्धमा मैले युवा तथा खेलकूद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सहसचिव चुडामणि पौडेल र रामबहादुर हमाललगायत राखेपका विभागीय प्रमुख र निर्माण शाखाका जिम्मेवार ब्यक्तिहरुसँग छलफल गरें । उहाँहरु सकारात्कम हुनुहुन्छ । सबैले प्रस्ताव उपयुक्त रहेको धारणा राख्नु भएको छ । त्यसैकारण यस योजनालाई राखेप र मन्त्रालयमा प्रस्तावको रुपमा राखिने भएको छ । यति गर्न ९० करोड देखि १ अर्बसम्म लाग्ने अनुमान गरिएको छ’, उल्लेखित प्रस्ताव अघि सार्दै सदस्यसचिव लामा भन्छन्– ‘यस हिसाबबाट पुनर्निर्माण गरिएको खण्डमा उपयुक्त हुने हामीसँग वैज्ञानिक तर्क छ । खेलकूद क्षेत्रलाई चलायमान बनाउन र विकाश गरेर लान यो नै अहिलेका लागि उपयोगी प्रस्ताव हो भन्ने मेरो विश्वास छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy