Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

लामाले ल्याए खेलकूद पुनर्संरचनाको प्रस्ताव

काठमाडौं, वैशाख १२ र त्यसयताका भूकम्पले क्षति पुर्याएका खेलकूदसम्बद्ध निकायहरुको पुनर्निर्माणका लागि झन्डै एक अर्ब लाग्ने राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव युवराज लामाले जनाएका छन् । भूकम्पका कारण नयाँ बनेका भौतिक संरचनालाई भूकम्पले क्षति नगरेको उल्लेख गर्दै लामाले पुराना संरचनामा भने ठूलै क्षति पुगेको बताएका छन् । यस्तो छफ भूकम्पले पुर्याएको क्षतिको विवरण– १. अन्तर्राष्ट्रिय रंगशाला (रेटिफिकेसन नगरिएको जति) भत्कियो । २. केन्द्रीय कार्यालय काम नलाग्ने भयो । ३. त्रिपुरेश्वरको पौडीपोखरी पूरै भत्कियो । ४. त्रिपुरेश्वरको कभर्ड हल र सेमी–कभर्ड हल चर्कियो । ५. खेलाडी होस्टल र स्वास्थ्य शाखा बिग्रियो । रंगशालालाई रेटिफिकेसन (पुनर्ताजगी) गर्न सुरु गरिएको थियो । यदि यस कर्यको सुरुआत भएको थिएन भने भूकम्पले पूरै रंगशालालाई काम नलाग्ने बनाइदिन्थ्यो । यसकारण रंगशालाको धेरैजसो भाग जोगिएको छ । जति जोगिएको छैन, त्यसलाई बनाउनैपर्छ र रेटिफिकेसन गरे जतिमा ल्याएर जोड्नुपर्छ । यसरी गरिनुपर्छ पुननिर्माण– १. रंगशाला– रेटिफिकेसन नभएको भाग, जो भत्किएको छ, लाई भत्काएर नयाँ बनाउने र रेटिफिकेसन गरेको भागमा जोड्ने (भीआईपी प्यारापिटको पछाडिको सडकतिरको छानोलाई हटाउने) । २. केन्द्रीय कार्यालयलगायतका सम्पूर्ण भत्काउनुपर्ने बिल्डिङ भएको स्थानलाई खाली गराउने र ५ हजार जति मानिसलाई चहलपहल गर्न पुग्ने स्थान बनाउने । ३. भत्किएको पौडीपोखरी र लङटेनिस भएको स्थानमा एउटा अन्तर्राष्ट्रिय स्तरको ४ हजारसम्म सिट क्षमताको बहुउद्धेश्यीय कभर्ड हल बनाउने र सोही क्षेत्रमा २० कोठाको खेलकूद प्रशासनिक भवन बनाउने । ४. स्वीमिङ पुल र खेलाडी होस्टललाई मूलपानीमा निर्माण गर्ने । ५. त्रिपुरेश्वरको कभर्ड हललगायत देशभरि चर्किएका भौतिक निर्माणलाई दुरुस्त बनाउने । ‘यति गर्न सक्दा अन्तर्राष्ट्रिय प्रतियोगिता सहज बन्छ । खेलकूदको पुनर्निर्माण सम्बन्धमा मैले युवा तथा खेलकूद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सहसचिव चुडामणि पौडेल र रामबहादुर हमाललगायत राखेपका विभागीय प्रमुख र निर्माण शाखाका जिम्मेवार ब्यक्तिहरुसँग छलफल गरें । उहाँहरु सकारात्कम हुनुहुन्छ । सबैले प्रस्ताव उपयुक्त रहेको धारणा राख्नु भएको छ । त्यसैकारण यस योजनालाई राखेप र मन्त्रालयमा प्रस्तावको रुपमा राखिने भएको छ । यति गर्न ९० करोड देखि १ अर्बसम्म लाग्ने अनुमान गरिएको छ’, उल्लेखित प्रस्ताव अघि सार्दै सदस्यसचिव लामा भन्छन्– ‘यस हिसाबबाट पुनर्निर्माण गरिएको खण्डमा उपयुक्त हुने हामीसँग वैज्ञानिक तर्क छ । खेलकूद क्षेत्रलाई चलायमान बनाउन र विकाश गरेर लान यो नै अहिलेका लागि उपयोगी प्रस्ताव हो भन्ने मेरो विश्वास छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: