Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

खेलमा किन लडिरहन्छ नेयमार ? अाफैले गरे यस्तो खुलासासहित बाचा

ब्राजिलका स्टार स्ट्राइकर नेयमारले विश्वकपपछि आफू नयाँ मान्छे बन्न चाहेको बताएका छन् । रसिया विश्वकपमा उनको प्रदर्शन र व्यवहारलाई लिएर भएको आलोचनाको जवाफका लागि नेयमारले जिलेटको विज्ञापनलाई प्रयोग गरेका छन् । सो भिडियो विज्ञापनमा उनले रसिया विश्वकपमा आफूलाई फल हान्दा बढाइचढाइ गरेको स्वीकारेका छन् भने फेरि नयाँ मान्छे बन्न चाहेको बताएका छन् । \"\" सन् २०१८को विश्वकपमा नेयमार र ब्राजिलप्रति ठूलो अपेक्षा गरिएको थियो । तर बेल्जियमसँग पराजित हुँदै ब्राजिल क्वार्टर फाइनलबाटै बाहिरियो । नेयमारले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्। बरू उनी मैदानमा धेरै पटक लडे। ‘नाटक’ गरेको भन्दै उनको आलोचना भयो । ‘तपाईंलाई लाग्दो हो म ओभरएक्टिङ गर्छु, हो कहिलेकाहीँ गर्छु पनि । तर सत्य के हो भने मैदानमा मैले पीडा भोगिरहेको हुन्छु । तपाईंलाई थाहा छैन मैदानबाहिर मैले के भोगिरहेको हुन्छु, ’२६ वर्षिय नेयमारले भनेका छन्, ‘म जतिबेला मिडियासँग कुराकानी नगरी हिँड्छु यसको मतलब मलाई जितमात्र मन पर्छ भन्ने होइन यसको अर्थ मैले तपाईंहरूलाई निराश बनाउन जानिनसकेकाले हो ।’ \"\" भिडियोमा उनले भनेका छन् \'जतिबेला म रूखो व्यवहार गर्छु । यसको कारण यो होइन कि एउटा बिग्रिएको बच्चाजस्तो हुँ । बरू निराशासँग कसरी जुझ्नु भन्ने मैले अझै सिकेको छैन । म भित्र अझै पनि एउटा बच्चा छ । कहिलेकाहीँ उसले दुनियाँलाई मोहित पारिदिन्छ । अरूबेला उसले जोकोहीलाई रिस उठाइदिन्छ । मेरो लडाइँ त्यही केटोलाई जिउँदै राख्नका लागि हो, मैदानभित्र होइन मैभित्र । तपाईंलाई लाग्दो हो म असाध्यै लडें तर वास्तवमा म लडेको होइन छिन्नभिन्न भएको हुँ । र यसो हुँदा कसैले तपाईंको शल्यक्रिया गरेको गोलीगाँठोमा टेकेको भन्दा बढ्ता दुख्छ । मैले तपाईंहरूको आलोचना स्वीकार्न समय लगाएँ । मैले आफैंलाई ऐनामा हेर्न समय लगाएँ र नयाँ मान्छे बनें । अहिले हृदय फराकिलो पारेर म यहाँ छु । म लडें । तर लड्नेहरू मात्र उठ्न सक्छन् । तपाईं लडेको ममाथि ढुंगा बर्साउन सक्नुहुन्छ वा आफ्ना ढुंगाहरू पर फालेर मलाई उठ्न सहायता गर्न सक्नुहुन्छ किनकी जब म उठ्छु पूरै देश मसँग उठ्छ ।\' एजेन्सी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies