धरान उपमहानगरपालिकामा उत्पादन हुने गरेको फोहोर धरान र इटहरीबीचको सेउतीखोला उत्तर किनारमा थुपारिने क्रम परिवर्तन नभएका कारण हरेक वर्षाको समयमा बकलोरीवासीले आफ्नो खेतबारी र घरभित्र समेत खोलाले ल्याएको फोहोरको सामना गर्नु परिरहेको गाविससचिव लीलाराज अधिकारीले गुनासो गरे । हरेक बर्षको बर्खायाममा सेउती खोलामा धरान उपमहानगरपालिका क्षेत्रमा फ्याँकिएको सिरिन्ज, प्लास्टिकका पानीको बोतल पुरानो हेलमेट अस्पतालका रगताम्मे प्याड तथा अस्पतालजन्य फोहोर अनि खोला आसपासमा गाडिएका लाससमेत पानीले बगाएर घरआँगनमा ल्याई पुर्याउँदा बकलौरीको १,२, ३, ६ र ७ नम्वर वडाका बस्ती दुर्गन्धित भएर मानिस बस्न नै नहुने अवस्था सिर्जना हुने गरेको छ । अर्कोतिर बकलौरी गाउँका ती वडावासीले सेउती खोलाको चौडा मिचेर बाँस रोप्ने अनि खोला बग्ने भाग अतिक्रमण गरेर खोलामाथि नै सुँगुरका खोर बनाउने र खोला बग्न सक्ने ठाउँ नपाएपछि धरानमाथिदेखि बर्सिएर आउने बाढी बकलौरी गाउँ बस्तीमा पसेर विनाश फैलाउने कहालिलाग्दो पीडा भोग्नु परिरहेको बकलौरीका अर्का सामाजिक कार्यकर्ता पुष्प प्याकुरेलको भनाइ रहेको छ । यसरी बकलौरीवासीको खोला मिचाहा प्रवृत्ति अनि धरानवासीले उत्पादन गर्ने फोहोरको राम्रो व्यवस्थापन नगरी सेउतीखोलाका किनारमा थुपारिने कार्य र बाढी आउँदा ती सबै खोला क्षेत्रका फोहोर बाढीसँगै बकलौरीमा ओइरिँदा अन्न भण्डारका रुपमा रहेको बकलौरीका खेतबारीका बालीनाली पूरै नोक्सानीमा पर्ने गरेको पनि बकलौरीवासीकाे गुनासो छ । उनीहरुले धेरै वर्षदेखि यो समस्याका विषयमा धरान उपमहानगरसँग पटकपटक समस्या समाधानका लागि आग्रह गर्दा पनि सुनवाइ नभएको सचिव अधिकारीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: