Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

खाद्यान्न पसल र होटलमा म्याद गुज्रेको सामान

भक्तपुर, १६ साउन । भक्तपुर नगरपालिकाका बजार अनुगमन समितिले आज मासु र खाद्यान्न पसल तथा होटलको अनुगमन गर्दा मासु पसल फोहर र खाद्यान्न एवं होटलमा म्याद गुज्रेको सामान बिक्री गरेको पाइएको छ । समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुरको ब्यासी, दूधपाटी नःपुखु इताछेंलगायतका स्थानमा सञ्चालित मासु पसलमा भएको अनुगमनमा अधिकांश मासु पसल दर्ता नगरी सञ्चालन भएको र न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको छ ।

टोलीले इन्द्रायणी मिटसप, सानो व्यासी मासु पसल र सरिता शाहीको राँगोको मासु पसल दर्ता नभएको, मासु खुल्ला राखेर बिक्री गरेको, एप्रोन नभएको, मूल्यसूची नभएको, ढक तराजुमा कैफियत भएको तथा नापतौल विभागमा दर्ता नगरेको अनुगमनका क्रममा पाइएको छ । त्यस्तै शोभा मिटसप, नःपुखु मिटसप पसल नवीकरण नगरेको, ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, बाटोको मापदण्डमै राखेर मासु बिक्री गरेको, फोहर फ्रिजमा मासु राखिएको पाइएपछि ती पसललाई तीन दिनभित्र सुधार गर्न र दर्ता तथा नवीकरण गर्न निर्देशन दिएको टोलीका वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए । त्यसैगरी समितिले अनुगमन गरेको अधिकांश खाद्यान्न र होटलमा म्याद गुज्रेका सामान बिक्रीका लागि राखिएको पाइएको छ । अनुगमनमा विनायक किराना कन्सर्नमा सरसफाइ गर्न म्याद नाघेको मसलालगायतका विभिन्न सामान हटाउनुपर्ने, विनायक मिठाइ भण्डारको भान्सा निकै फोहर भएको, राजकुमार किराना पसलमा फोहर रहेको र साइनबोर्ड नराखेको पाइएको छ । श्यामकृष्ण कोण्डाको खुद्रा पसलमा पेटीको सामान र फ्रिज एक हप्ताभित्र हटाउन, जित गोपाल श्रेष्ठको पकाएको खानेकुरा पसलमा एप्रोन प्रयोग गर्न र खानेकुरा जाली छोपेर राख्न, मूल्यसूची राख्न, त्यस्तै केवी स्टोरमा पसल दर्ता गर्न र पेटी एंव पेटिमुनिको समान हटाउन, मूल्यसूची राख्न, रुद्रप्रसाद प्रजापतिको खाना होटलमा फोहर भएकाले सरसफाइ गर्न, मूल्यसूची राख्न, श्यामबहादुर तामाङको खाजा पसलमा तीन दिनभित्र पसल दर्ता गर्न अनुगमन टोलीले निर्देशन पनि दिएको छ । त्यस्तै शिखर एण्ड स्टोर पसल तत्काल दर्ता गर्न, सरसफाइ गर्न, मूल्यसूची राख्न, बजगाईं भोजनालय एण्ड खाजा घरलाई तीन दिनभित्र दर्ता गर्न, क्यालिफोर्निया नेपाली खाजा घरलाई नवीकरण गर्न, सरसफाइ गर्न, मूल्यसूची राख्न, खानेकुरालाई जालीले छोप्न निर्देशन दिएकोे अनुगमन समितिका वडा निरीक्षक प्रजापतिले जानकारी दिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: