Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अन्तर्राष्ट्रिय नाकामा हेलिकप्टर लैजान रोक

काठमाडौँ । नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय नाकामा हेलिकप्टर उडान अनुमति असहज हुँदा पर्यटक समस्यामा पर्ने गरेका छन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - तातोपानी नाका बन्द भएपछि अन्तर्राष्ट्रिय नाकाका रूपमा विकसित गरिएको रसुवागढी–केरुङ आसपास हेलिकप्टर लैजान विशेष स्वीकृति लिनुपर्ने अवस्था छ । नेपाल–चीन सीमाक्षेत्रमा पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रु अलपत्र पर्ने गरेका छन् तर तिनको उद्धारका लागि सहजै हेलिकप्टर लैजान सकिने अवस्था छैन । सीमा जोडिएका अधिकांश क्षेत्र निषेधित भएकाले हेलिकप्टर लैजान स्वीकृति अनिवार्य लिनुपर्छ । लामटाङ पदयात्रा र मानसरोवरसमेतको यात्रा तय हुने क्षेत्रमा पुगेर फर्कने क्रममा यात्रु समस्यामा पर्ने गरेकाले त्यसका लागि निजी क्षेत्रले सहज उडान गर्न पाउनुपर्ने विषय पर्यटन व्यवसायीले उठाउँदै आएका छन् तर सरकारले यसमा चासो नदेखाएको गुनासो उनीहरूको छ । चिनियाँ पक्षसँग छलफल नगर्दा र नेपालले पुरानो प्रावधान परिवर्तन नगर्दा समस्या आएको हो । त्यस क्षेत्रलाई पुरानो प्रावधानले प्रतिबन्धित क्षेत्रका रूपमा अथ्र्याएको छ, जसमा टेकेर प्रशासकहरूले लामो प्रक्रियाको झन्झट पर्यटन व्यवसायीमाथि थोपरेको गुनासो उनीहरूको छ । उडान अनुमति लिइसकेकाले पनि प्रतिबन्धित क्षेत्रको अनुमति लिन नागरिक उड्डयन मन्त्रालय पुग्नुपर्ने झन्झट पनि छ । ‘उडानका लागि दिइएको एअर अपरेटर सर्टिफिकेटमा ‘नेपालभरि’ लेखिएको हुन्छ तर निषेधित क्षेत्रमा जान त्यो लिएर पुन: नागरिक उड्डयन मन्त्रालय पुग्नुपर्छ,’ कैलाश हेलिकप्टरको अपरेसन डिपार्टमेन्ट प्रमुख श्रीहरि कुइँकेलले भने, ‘निषेधित क्षेत्र गृहले घोषणा गरेपछि गृहमा पुगे हुने होला तर किन नागरिक उड्डयनमा पठाइन्छ ? यो बिरालो बाँधेजस्तो भयो ।’ दुई दिनअघि नुवाकोट र रसुवाका विभिन्न सडक खण्डमा गएको पहिरोले यात्रु अलपत्र परे । सरकारले उद्धार गर्ने त परको विषय, निजी क्षेत्रबाट पनि त्यसमा उद्धारका लागि पहल नगरेको गुनासो व्यवसायीहरूले नै गरेका छन् । समस्यामा परेका व्यक्तिलाई उद्धार गर्ने काम राज्यको भएको सरकारी अधिकारीहरू बताउँछन् । निजी क्षेत्रले उद्धारका नाममा व्यवसाय मात्रै गरेको उनीहरूको आरोप छ । ‘राज्यले दिएको न्यूनतम मापदण्ड पालना गर्नुपर्छ, सुधार हुँदै जान्छ,’ एक सरकारी अधिकारीले भने, ‘पर्यटन व्यवसायी बसेरै पारित गरेको कार्यविधिअनुसार काम गर्ने हो ।’ रसुवागढी राष्ट्रिय नाका हुँदाको मापदण्डलाई परिवर्तन गर्नुपर्ने पर्यटक व्यवसायी ज्योति अधिकारीले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy