Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

मन्त्रिपरिषद् पूर्ण

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी २५ सदस्यीय बनाएका छन् । प्रधानमन्त्रीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा परेका थिए । पार्टीको दबाबमा उनले साउन ८ मा राजीनामा दिएपछि रिक्त मन्त्रालयमा ढकाललाई नियुक्त गरिएको हो । ढकाल नेकपाका पोलिटब्युरो सदस्य एवं मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अनेरास्ववियुका महासचिव भइसकेका ढकाल दोस्रो संविधानसभा सदस्यसमेत थिए । प्रधानमन्त्री ओलीले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका छन् । अर्याल सुरुमा स्वतन्त्र कार्यभारसहित स्वास्थ्य राज्यमन्त्री थिइन् । प्रधानमन्त्रीले संघीय समाजवादी फोरमलाई सत्तामा ल्याई त्यसका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्री नियुक्त गरेपछि अर्याललाई कृषि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय फुटाई नयाँ मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनी स्याङजा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । यस्तै, फोरमका सांसद सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएका छन् । यादव महोत्तरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्री र एक राज्यमन्त्रीलाई शुक्रबार नै शपथग्रहण गराइन् । मन्त्रिपरिषद् २५ सदस्यीय पुगेकाले प्रधानमन्त्रीले अब यसलाई विस्तार गर्न पाउनेछैनन् । संविधानमा केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइने उल्लेख छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy