Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बारीमै कुहियो १४ करोडको गोलभेंडा

फिदिम । उत्पादनको मुख्य सिजनमा गोलभेंडाको कारोबार ठप्प भएपछि करौडौँ मूल्य बराबरको गोलभेंडा बारिमै कुहिएको छ। भारतले गोलभेंडा निकासीमा रोक लगाएको भन्दै व्यापारीले गोलभेंडा खरिद नगरेपछि १३ करोड ८० लाख मूल्य बराबरको गोलभेंडा बारीमै कुहिएको हो। अाजकाे अन्नपुर्ण  पाेष्ट  दैनिकमा याे खबर छ - पाँचथरको याङवरक र हिलिहाङ गाँउपालिकामा उत्पादित गोलभेंडाले बजार नपाउँदा व्यवसायिक रुपमा गोलभेंडा खेती गर्ने किसानको पसिना खेर गएको छ। कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलका अनुसार यो वर्ष गोलभेंडा उत्पादन भएको मुख्य सिजनमै यसको व्यापारमा समस्या देखिएको हो। ‘भारतलाई दोष दिएर गोलभेंडाको व्यापार ठप्प पारिएको छ,’ पोख्रेलले भने ‘व्यापार ठप्प भएपछि फलेको गोलभेंडा बारीमै कुहिने स्थिति बनेको हो।’ जेठ महिनादेखि कात्तिक महिनासम्म यहाँका किसानहरुले उल्लेख्य मात्रामा गोलभेंडा उत्पादन गर्छन्। अघिल्लो वर्षको यो सिजनको पाँच महिनामा दैनिक चार सय क्वीन्टल दरले गोलभेंडा निकासी भएको जिल्ला कृषिको तथ्यांकमा उल्लेख छ। गत वर्ष प्रतिकिलो न्युनतम १० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्ममा गोलभेंडाको कारोबार भएको थियो। प्रतिकिलो सरदर २५ रुपैयाँ मान्दा पनि गत वर्ष यो सिजनसम्ममा १५ करोडको गालेभेंडा निकासी भइसकेको थियो। तर, यो वर्ष अहिलेसम्म एक करोड २० लाख मूल्य बराबरको मात्र गोलभेंडाको कारोबार भएको बताइएको छ। ‘अघिल्ला वर्षहरु भन्दा यो साल खेतीलाई पनि व्यापक रुपमा विस्तार गरिएको छ,’ पोख्रेलले भने ‘तर, अघिल्लो बर्षको तुलना गर्र्दा झण्डै १४ करोडको गोलभेंडा विक्रि नलागेपछि कुहिएको हो।’ झापाको काकरभित्ता नाकाबाट गोलभेंडा भारत निकासी गर्न नपाएपछि व्यापारीले गोलभेंडा खरिद गर्न नसकेका हुन्। आन्तरिक बजारमा गोलभेंडा खपन नहुन भन्दै व्यापारीले किसानको बारिबाट गोलभेंडा उठाउन हिचकिचाएका हुन्। बजार अभाका कारण गोलभेंडा बिक्री नलाग्ने भन्दै व्यापारीले प्रतिकिलो तीन रुपैयाँका दरले गोलभेंडा खरिद गरेका छन्। तीन रुपैयाँमा गोलभेंडा बिक्री गर्दा गोलभेंडा टिप्न निमेक (पारि श्रमिक) समेत नउठ्ने भएपछि किसानले गोलभेंडा बोटमै कुहिन दिए। ‘एक किलो गोलभेंडा उत्पादन गर्न नौ रुपैयाँ खर्च भएको हुन्छ,’ नागिका किसान प्रेम काफ्लेले भने,‘खेतीमा गरेको लगानी नै उठ्दैन भने किन गोलभेंडा टिप्ने कष्ट गर्नु ? ’ पाँचथरमा ११ वर्ष अघिदेखि व्यवसायिक रुपमा गोलभेंडाको खेती सुरु गरिएको हो। आठ रोपनी जमिनबाट सुरु गरिएको गोलभेंडा खेती क्रमशः वृद्धि गर्दै ३९, ८० रोपनी गर्दै अहिले हिलिहाङ र याङवरक गाँउपालिकाको अधिकांश वडामा खेती गरिएको छ। जिल्लाका करिब १३ सय किसानले व्यवसायिक रुपमा यसको खेती गरेका छन्। उल्लेख्य मात्रामा उत्पादन गरिएको गोलभेंडा बिक्री नभएपछि गोलभेंडा किसानलाई दैनिकि चलाउन समेत समस्या हुने देखिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending