Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

'सोम' बैठकका पाहुनालाई गाडी जुटाउन गृहलाई धौधौ

काठमाडौं । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन अगावै काठमाडौंमा सबै सदस्य राष्ट्रका परराष्ट्र सचिव स्तरिय अधिकारी संलग्न रहने ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) यही साउन २६ गते हुँदैछ । आजको नेपाल समाचारपत्र दैनिकमा याे खबर छ - सम्मेलनमा सहभागी हुने राष्ट्राध्यक्ष, सरकार प्रमुख र अन्य पाहुनाका लागि आवश्यक पर्ने सवारी जुटाउन सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ गाडी किन्ने भन्दा पनि विभिन्न मन्त्रालय र निकाय मातहतका सुविधा सम्पन्न गाडी जुटाउन गृह मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरेको छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो । विगतमा राजपरिवारले प्रयोग गरेका गाडी, ४ वर्षअघि काठमाडौंमा आयोजना भएको १८ औं सार्क सम्मेलनमा प्रयोग भएका र अन्य निकायका सुविधा सम्पन्न सवारी जुटाउन समितिले कसरत गरेको हो । १८ औं सार्क सम्मेलनताका कतारले नेपाललाई ९ वटा मर्सिडिज गाडी सहयोग स्वरुप उपलब्ध गराएको थियो । गृह मातहतको समितिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी मातहतका गाडीबारे चासो राख्दै पत्राचार गरेको बताइएको छ । नेपाल प्रहरीले ४, सशस्त्रले २ र गाडीको संख्या नखुलाएको सेनाले आवश्यकताअनुसार उपलब्ध गराउन सकिने भन्दै जनाउँदै जवाफ दिएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending