Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

प्रहरीमा राजनीतिक हस्तक्षेप : आफूअनुकूल दरबन्दी

काठमाडौं । नेपाल प्रहरीमा अहिले ३ एआईजीको दरबन्दी रिक्त छ । दरबन्दी रिक्त भएको पाँच महिना बित्नै लाग्दा पनि एआईजी बढुवा रोकिएपछि संगठनभित्र शंका उपशंका उत्पन्न भएको छ । अाजकाे अन्नपुर्ण पाेष्ट  दैनिकमा याे खबर छ - आईजी बढुवा नहुँदा ८ जना डीआईजी र २ जना एसएसपीले अवकाश पाए । एआईजीको दरबन्दीमा गएको चैत २९ मा नै बढुवा हुनुपर्ने थियो । आईजीमाथि बढुवा रोकिनुको आरोप लगाइए पनि खासमा गृह मन्त्रालय र लोकसेवा आयोगबीचको जुहारीले बढुवा रोकिएको प्रहरी मुख्यालय स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार बढुवा समितिको बैठक बोलाउन गृहले लोकसेवासँग अहिलेसम्म पनि अनुरोध गरेको छैन । राज्यको सुरक्षासँग जोडिएको संवेदनशील संगठनमा लामो समय नीति र योजना तर्जुमा गर्ने तहका पद रिक्त रहँदा त्यसबाट पर्ने असरबारे जानकार हुँदाहुँदै पनि सरकार मौन बसेको वरिष्ठ प्रहरी अधिकारी बताउँछन् । गृहसचिव प्रेमकुमार राईले स्थानीय तहको चुनावले गर्दा वैशाखमा गर्न नभ्याउँदा एआईजी बढुवा लम्बिएको स्विकार्दै भने, ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि बढुवाका लागि कार्यसम्पादन मूल्यांकन आवश्यक पर्ने भएकाले भदौ दोस्रो सातासम्म कासमू आउँछ र कासमू आएपछि एआईजीमा बढुवा गर्छौं ।’ २०४२ सालमा एआईजीको दरबन्दी एक जनाबाट सरकारमा गएका राजनीतिक दलहरूले आफूअनुकूल बनाउँदै ७ देखि १३ हुँदै १६ जनासम्म पुर्‍याए । अहिले फेरि प्राविधिकसहित प्रहरीमा ४ जना एआईजी रहने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । दरबन्दी बढाउँदा र घटाउँदा प्रहरी संगठनमा पर्ने सकारात्मक र नकारात्मक दीर्घकालीन असरबारे सरकारले कुनै अध्ययन गरेको छैन । जथाभावी संख्या थपघट गर्दा ‘चेन अफ कमान्ड’ मा चल्ने सुरक्षा संगठनमा दुविधा उत्पन्न भइरहने पूर्व प्रशासकहरूको भनाइ छ । पूर्व गृहसचिव डा.गोविन्द कुसुमले आवश्यकताअनुसार सरकारले दरबन्दी थपघट गर्न सक्ने बताए । तर व्यक्तिको आवश्यकताभन्दा सांगठनिक आवश्यकताका आधारमा सर्वेक्षणपछि मात्र दरबन्दी थपघट गर्नुपर्ने उनको धारणा छ । ‘अहिले संघीय संरचनामा जानुपर्ने भएकाले सरकारले प्रहरीको माथिल्लो तह (एआईजी) दरबन्दी घटाएको हो’, अहिले दरबन्दी घटाइएको सन्दर्भमा लोक सेवा आयोगका सदस्यसमेत रहेका कुसुम भन्छन्, ‘हिजो माथिल्ला तहमा व्यक्तिको बढुवा गर्न दरबन्दी बढाइयो तर आज राज्यको आवश्यकताका आधारमा घटाइएको हो ।’ उनले व्यक्ति वा राज्य कसको आवश्यकताअनुसार दरबन्दी घटबढ गर्ने कुनै मापदण्ड नहुँदा प्रहरी संगठनमा यस्ता समस्या बारम्बार निम्तने गरेको बताए । २०४२ सालमा एआईजीको दरबन्दी एक जनाबाट सरकारमा गएका राजनीतिक दलहरूले आफूअनुकूल बनाउँदै ७ देखि १३ हुँदै १६ जनासम्म पुर्‍याए । २०४२ सालमा तत्कालीन आईजीपी दिलबहादुर लामाको कार्यकालमा एआईजीको एउटा मात्र दरबन्दी थियो । पूर्व आइजीपी प्रकाश अर्यालसम्म आइपुग्दा एआईजीको दरबन्दी बढेर १६ जनासम्म पुग्यो । अहिले सर्वेन्द्र खनालको कार्यकालमा प्राविधिकसहित ४ जना बनाइएको छ । प्रधानमन्त्री केपी ओलीले एआईजीको दरबन्दी ४ जना मात्र कायम गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका हुन् । पूर्वआईजी उपेन्द्रकान्त अर्यालको कार्यकालमा तीन पटक एआईजीको दरबन्दी संख्या थपिएको थियो । तत्कालीन गृहमन्त्रीहरू वामदेव गौतम र विमलेन्द्र निधिले प्रहरी संगठनभन्दा आफ्ना पार्टीगत आवश्यकतामा एआईजी दरबन्दी थपघट गरेका थिए । गौतमले मन्त्रिपरिषद्बाटै निर्णय गराएर एआईजीको दरबन्दी ३ मात्र कायम गराएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा गृहमन्त्री रहेका निधिले एआईजीको दरबन्दी थपेर १६ पुर्‍याए । प्रदेशमा प्रहरीको नेतृत्व गर्न एआईजी पठाउनुपर्ने भन्दै देउवाले आफ्नो कार्यालय धाउने प्रहरी अधिकारीको बढुवा गर्न गृहमन्त्रीमार्फत एआईजीको दरबन्दी १६ पुर्‍याएका थिए । दुवै गृहमन्त्री गौतम र निधिसँग केही समय बोलचालसमेत बन्द रहेका पूर्वआईजीपी उपेन्द्रकान्तले त्यसबेला प्रहरी संगठनकोभन्दा पनि व्यक्तिको आवश्यकता पूरा गर्न एआईजी दरबन्दी बढाइएको दाबी गरे । उनले भने, ‘संगठन प्रभावकारी बनाउन दरबन्दी हेरफेर हुनसक्छ तर व्यक्ति बढुवा गर्न कुनै सर्वेक्षण नै नगरी रातारात दरबन्दी बढाउनुको कुनै अर्थ छैन ।’मन्त्रिपरिषद्ले एआईजी बढुवा गर्ने भएकाले त्यसमा आईजीको कुनै भूमिका नरहने उनी बताउँछन् । ‘प्रहरीलाई सरकारले खेलौना बनाएको छ । मन लाग्दा बढुवा गर्ने र नलागे नगर्ने । मन लागे दरबन्दी थपिदिने र मन नलागे कटौती गर्ने’, पाँच महिनासम्म पनि बढुवा नभएपछि एक डीआईजी आरोप लगाउँछन्, ‘सर्वसाधारणको शान्तिसुरक्षासँग जोडिएको सुरक्षा निकायमा यति धेरै राजनीतिक खिचातानी अनुचित छ । जस्लाई बढुवा गरे पनि भ्याकुम बनाउनु भएन ।’ उनले समयमै गर्नुपर्ने सरुवा बढुवा नभएपछि त्यसले प्रहरीको मनोबल खस्केको बताए । कसका पालामा कति एआईजी (दरबन्दी) आईजी एआईजी दरबन्दी दिलबहादुर लामा (२०४२) १ मोतिलाल बोहोरा (२०४९–५३) २ श्यामभक्त थापा (२०५९–६३) ४ ओमविक्रम राणा (२०६३–६५) ७ उपेन्द्रकान्त अर्याल (२०७०–७३) १३ प्रकाश अर्याल (२०७३ चैत–०७४) १६ सर्वेन्द्र खनाल (बहालवाला) ४

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy