Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

एमाओवादीद्वारा युद्धस्तरमा गोरखा निर्माणको काम

गोरखा, बैशाख १२ गते र २९ गते आएको भूकम्पमा ध्वस्त भएका संरचना पुर्ननिर्माणमा एकीकृत नेकपा(माओवादी) को नेतृत्वमा तीन वटै  निर्वाचन क्षेत्रमा धमाधम काम भईरहेको छ । एकीकृत नेकपा (माओवादी)का पोलिट्व्युरो सदस्यहरुले क्षेत्रको नेतृत्व गरेका छन् भने स्थायी समिति सदस्य जनार्दन शर्माले यतिबेला गोरखा जिल्लाको कमाण्ड सम्हालेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा हरीराज अधिकारी (कुमार), क्षेत्र नं. २ मा हितराज पाण्डे (उत्तम) र निर्वाचन क्षेत्र नं. ३ मा जग प्रसाद शर्मा ( अपार) ले कडाईका साथ कमाण्ड गरेका छन् । आज सम्म जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा एक हजार भन्दा बढी अस्थायी टहराहरु निर्माण भैसकेको एकीकृत नेकपा (माओवादी) गोरखाले जनाएको छ । गोरखा निर्माणको काम युद्धस्तरमा भईरहेको विभिन्न गाउँबाट गाउँलेहरुले बताएका छन् । सिञ्जाली मा.वि ताक्लुङका प्रधानाध्यापक ठाकुर प्रसाद तिवारीलाई १७ गते विद्यालय सञ्चालन गर्ने कसरी भन्ने चिन्ता अव हटेको छ । दाङबाट आएका एकीकृत नेकपा (माओवादी)का नेता तथा कार्यकर्ताहरुले भूकम्परहित विद्यालय भवन निर्माण गरिदिएपछि यहाँका सात सय बालबालिकाहरुले पढ्ने बाटो खुलेको छ । यसैगरी गाउँका स्थानीयहरुले कटुस र बाँस प्रयोग गरेर विद्यालय भवन निर्माण गरिदिएपछि १७ गतेदेखि पढाई सुरु हुने महेन्द्र शक्ति उच्च मा.वि. बक्राङका प्राचार्य गणेश श्रेष्ठ बताउँछन् । भीम बहादुर आले नेतृत्वको एमाओवादी टोलीले ११ कक्षा कोठा सहितको विद्यालय भवन निर्माण गरिदिएको उनले बताए । सौरपानीमा स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर) को टोलीले ६० वटा अस्थायी आवास निर्माण गरिसकेको छ । पूर्व पिएलएका सदस्यहरुले यहाँ टहरा निर्माण गरी जनतालाई हस्तान्तरणको तयारी गरेको केन्द्रीय सदस्य एवं सभासद कृष्ण प्रसाद धितालले जानकारी दिए । यसैगरी बर्दियाबाट आएको टोलीले जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा रहेको जनशक्ति उच्च मा.वि. नामजुङको विद्यालय भवन निर्माणको काम गरिरहेको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. ३ को सुर्यज्योति उमावि लगायतका गाउँका ६ वटा विद्यालय एमाओवादी  गोरखा जिल्ला समितिले निर्माण गरेको छ । गोरखा नगरपालिका पस्लाङ, सानो रिप, आहाले लगायतका ठाउँका विद्यालय यस अघिनै निर्माण भईसकेको छ । ताप्ले, ताक्लुङ, मिरकोट, गाईखुर, पालुङटार, बक्राङ, थालाजुङ, खोप्लाङ, मुच्चोक, गाँखु लगायतका स्थानमा रहेका विद्यालयहरु यस अघि नै निर्माण गरिसकेको छ । गाउँ गाउँमा एकीकृत नेकपा (माओवादी) सहितको उच्च कमाण्डको टोली खटिएर काम हुन थालेपछि यहाँका मानिसहरुले भुकम्पलाई विस्तारै विर्सन थालेका छन् । हिजो  र आजको दुःख एकै भएको भन्दै उनीहरुले आफूहरुलाई गरेको सहयोगको गुन सँधै सम्झन लायक रहेको बताउने गरेका छन् ।   निर्माणका लागि गाउँ पुगेका नेता तथा कार्यकर्ताहरुले गाउँमा राहतको व्यवस्था समेत गरेका छन् । उनीहरु आफ्नै मेस सञ्चालन गरेर बसेका छन् । त्रिपालमुनि भएपनि चिया खान आउनुस् भन्दा पनि दुःखका बेला हामी जनताका घरमा खाने कुरा हुँदैन भन्दै भत्केका घरहरु बनाउन  लागेका ताक्लुङका रमेश कुँवर बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: