Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

जनकपुरधाम, प्रहरीले धनुषाबाट मोटरसाइकल चोरी गर्ने गिरोहका आठजनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ पर्नेहरुमा धनुषा लखौरी–८ बस्ने १७ वर्षीय कमल ठाकुर, महोत्तरी सुनौल–९ बस्ने २६ वर्षीय बाबुजी यादव, धनुषा क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने १७ वर्षीय शिवराज श्रेष्ठ, धनुषा हासँपट्टी–८ बस्ने २४ वर्षीय अनिलकुमार साह, धनुषा जउमपा–१२ बस्ने २४ वर्षीय जीतेन्द्र साह, जउमपा–४ बस्ने ४० वर्षीय शैलेन्द्र मिश्र, जउमपा–१ बस्ने ३० वर्षीय सरोज यादव र २८ वर्षीय विक्की साह रहेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको सात थान मोटरसाइकलमध्ये सञ्चारकर्मी वीरेन्द्र रमणको मोटरसाइकलको चेसिस मात्र फेला पारेको छ । सञ्चारकर्मी रमणको मोटरसाइकल करिब तीन महिनापहिले स्थानीय भानु चोकबाट साँझ चोरी भएको थियो । रमणले मोटरसाइकलको ढिक्कीमा रहेको डिजिटल क्यामरा, डिजिटल रेकर्डरलगायत सामग्रीसमेत चोरी भएको जनाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई चोरी गरेका मोटरसाइकलसहित पत्रकारसम्मेलन गरी आइतबार पत्रकारमार्फत सार्वजनिक गरेको छ । उनीहरु गिरोह सञ्चालन गरी धनुषा तथा महोत्तरीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए । ती गिरोहले मोटरसाइकल चोरी गरी सीमावर्ती भारतीय बजार हर्लाखी, बासोपट्टी, हरिणे, छतौनीलगायत स्थानमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक थापाले बताए । चालु आर्थिक वर्षमा हालसम्म चोरी भएका २१ मोटरसाइकलमध्ये धनुषा प्रहरीले १८ वटा मोटरसाइकल बरामद गर्न सफल भएको दाबी गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE