Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेपालको पानी अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने- मन्त्री मगर

पोखरा । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले नेपालका हिमश्रृंखलाबाट बग्ने पानीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने बताएकी छन् । पोखरामा वितरित खानेपानीको मर्दी मुहान शुद्धीकरण परियोजनाद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ सेतीमर्दी दोभानमा निर्मित शवदहन गृहको शनिबार यहाँ आयोजित हस्तान्तरण तथा वृक्षरोपण कार्यक्रममा उनले हिउँ पग्लेर बगेको सिधै पिउन सकिने पानी राम्रो मूल्यमा बिक्री गर्न सकिने बताइन् । मन्त्री मगरले संविधानको मौलिक हकमा व्यवस्था भएअनुरुप जनताको स्वच्छ खानेपानीको अधिकारलाई सुनिश्चित गर्न मन्त्रालयले कार्ययोजना बनाएर अघि बढिरहेको बताउँदै विश्वको दोस्रो जलस्रोतको धनी मुलुक नेपालमा अहिले पनि पानीको सही सदुपयोग हुन नसकेको धारणा व्यक्त गरिन् । सो अवसरमा मन्त्री मगरले मर्दीखोलास्थित खानेपानीको मुहान निरीक्षण पनि गर्नुभएको थियो भने सोही स्थानमा चाँपका बिरुवासमेत रोपेकी थिइन् । परियोजनाअन्तर्गत सेती नदी र मर्दी खोलाको विभिन्न तीन स्थानमा करिब ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएका शव दाहगृह, शौचालय र प्रतिक्षालयलगायतका संरचना आजै उपभोक्ता समितिलाई हस्तान्तरण पनि गरियो । कूल लागतको ५० प्रतिशत पोखरा महानगरपालिका, खानेपानी संस्थानको ४० प्रतिशत र पोखरा उद्योग वाणिज्य संघको १० प्रतिशत लगानीमा सम्पन्न भएको कार्यक्रम संयोजक यदु अधिकारीले जानकारी दिए । पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले खानेपानी मुहान शुद्धीकरणको यो प्रयास सराहनीय भएको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखराको खानेपानी शुद्धीकरणका लागि प्रयास भएको बताउँदै स्वस्थ तथा स्वच्छ खानेपानी आपूर्तिका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending