भीमदत्तनगर, बैतडीको ग्वाल्लेक गाविसका किसान अर्गानिक तरकारीखेतीतर्फ अग्रसर भएका छन् ।
रसायनिक मल प्रयोग नगरी बाली नै उत्पादन हँुदैन भन्ने परम्परागत मान्यतालाई तोड्न उनीहरू अर्गानिक तरकारी उत्पादन गर्नेतर्फ अग्रसर भएका हुन् । ग्वाल्लेकको सिद्धबाबा कृषि सहकारी संस्थामा आबद्ध १२५ जना किसानले कृषक समूह निर्माण गरी अहिले १० रोपनी जमिन भाडामा लिएर अगार्निकखेती गरिरहेका छन् ।
समूहका अध्यक्ष भुवन पाण्डेयले मात्रै आफ्नो निजी आठ रोपनी जमिनमा अर्गानिक तरकारीखेती गरेर विगत केही समययता वार्षिक रु दुई लाख आम्दानी गर्दै आएको बताउनुभयो । आफूलाई अर्गानिक तरकारी खेतीले चकित बनाएको बताउँंदै पछिल्लो समयमा गाउँका कृषकलाई पनि सो खेतीतिर आकर्षित गर्न सामुहिक तरकारी खेतीको सुरुवात समेत गरेको उहाँले जानकारी दिनुभयो । \'यो विधिबाट सागपात गर्दा सस्तो र सहज भएको छ\' उनले भने ।
युरिया र विषादी प्रयोग नगरेपछि सुरुका केही वर्षमा तरकारी कम उत्पादन भए पनि अहिले भने उत्पादनमा कुनै कमी नआएको किसानको भनाइ छ ।
रासायनिक मलको साटो गोबरको मल, कीटनाशकको विकल्पमा गाईको गहुँत, खरानी प्रयोग गरिरहेको उनीहरूको भनाइ छ । सो क्षेत्रका किसानले आलु, गोलभेँडा, लौका, रामतोरिया, बन्दागोभीलगायतका सागपात गरेको संस्थाका व्यवस्थापक धर्मानन्द पाण्डेयले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: