Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

ट्रम्पलार्इ झट्का लाग्ने टर्कीका राष्ट्रपतिको यो भनार्इ

टर्की । अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन् । अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको बिषयले दिनप्रतिदिन विवादलाई साम्य गर्नुको सट्टा थप तिक्ततापूर्ण बनाएको छ ।

आफूलाई रणनीतिक सहयात्रीको रूपमा प्रस्तुत गर्ने तर सोही समूहको एक सहयोगी राष्ट्रलाई रणनीतिक रूपमा लक्षित गरी आक्रमण गर्ने अमेरिकी नीतिबाट टर्की पछि नहट्ने राष्ट्रपति एर्दोगानले बताए ।

अमेरिकी धर्मगुरुलाई बन्दी बनाएको विवाद बढ्दै जाँदा टर्की र अमेरिकाबीच व्यापार युद्धको अवस्था आएको र यसबाट टर्कीको मुद्रामा निकै गिरावट आएको छ । तर अमेरिका र टर्कीको नेतृत्व आफ्नो निर्णयप्रति अडिग नै रहँदै आएको छ ।

टर्कीको सत्तारूढ दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने “हामीलाई रणनैतिक साझेदारका रूपमा प्रस्तुत गर्ने र हामीलाई नै लक्षित गरी हुने कुनै पनि मुलुकका गतिविधिबाट टर्की तर्सिने छैन ।”

“केही व्यक्तिले हामीलाई अर्थतन्त्र सङ्कट, प्रतिबन्ध, विदेशी मुद्रा, व्याजदर र मुद्रास्फीतिलाई देखाएर त्रास देखाएका छन्, चुनौति दिएका छन् तर यसबाट टर्की विचलित हुने छैन । हामी तिमीहरूको छलकपट बुझेका छौ ।”

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट अमेरिका आयात गर्ने आल्मुनियम र स्टीलमा करको दायरा दोब्बर बनाउने घोषणा गरेका थिए । जसबाट अङ्कराले पनि कैयौँ अमेरिकी उत्पादनमा करको दायरा बढाएको थियो । यसको प्रभाव टर्कीको मुद्रामा एकै दिनमा २० प्रतिशतसम्मको प्रत्यक्ष प्रभाव पर्न थालेको बताइएको छ । एजेन्सी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending