Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

मेलम्चीकाे ऐतिहासिक दरबार नष्ट

मेलम्ची,  नेपालको इतिहासमा कुशल योद्धा र प्रशासक कहलिएका माथवरसिंह थापाको भाइ रणवीरसिंह थापाको सिन्धुपाल्चोकको तिब्बती सीमा क्षेत्र भोताङ गाविस–१ दूराखाङमा रहेको ऐतिहासिक दरबार भूकम्पका कारण पूर्ण रुपमा नष्ट भएको छ ।

माथवरसिंह थापाको आफ्नै भान्जा जङ्गबहादुर राणाद्वारा हत्या गरिएपछि काठमाडौँ उपत्यकाबाट रणवीरसिंह विस्थापित भएका थिए । विसं १९९० मा रणवीरसिंहले उक्त दरबार निर्माण गरेका थिए ।

प्रत्येक वर्ष जनैपूर्णिमाका दिन मेला लाग्ने धार्मिकस्थल पाँचपोखरी जाने तीर्थयात्रीलाई निःशुल्क खाजाका रुपमा दही चिउरा खुवाउने र सुत्नका लागिसमेत व्यवस्था गरिँदै आएको उक्त दरबार हाल भग्नावशेषमा परिणत भएको छ ।

दरबार निर्माणका लागि प्रयोग गरिएका काठ चितवनबाट लगिएको थियो भने ढुङ्गाको प्लेट गोदावरीबाट र स्थानीय माटो पोलेर बनाइएको टायल छानामा प्रयोग गरिएको थियो ।

दुई तला र नौ कोठा भएको दरबार नेपाली सेना भीमकाली गुल्म मेलम्चीका उपसेनानी हुमनसिंह कुँवर नेतृत्वको टोलीले उद्धार तथा राहत वितरण गर्न स्थलगत भ्रमण गर्दा दरबार भत्किएको पत्ता लगाएको हो ।

पर्यटकीयस्थलका रुपमा रहेको दरबारलाई ढुङ्गाको पर्खाल लगाई कम्पाउन्ड गरिएको थियो भने कम्पाउन्डभित्रै खानेपानीका लागि ढुङ्गेधारा निर्माण गरिएको थियो । दरबारदेखि करिब ५० मिटरको दूरीमा गुम्बा रहेको र सो गुम्बाबाट गुरु रिन्पोछेले तपस्या गरेको हुँदा उक्त स्थान हिन्दू र बौद्ध धर्मावलम्बीका लागि ऐतिहासिक महत्वको ठाउँ हो ।

सो स्थानमा पुग्न मेलम्चीबाट बस वा जिपमा चार घन्टा र त्यसपछि डेढ घन्टा उकालो पैदलयात्रा गरेर पुग्न सकिने गुल्मका सेनानी प्रेम हमालले जानकारी दिनुभयो । भूकम्पबाट भत्किएको ऐतिहासिक तथा पर्यटकीय दरबार सरकारले तत्काल पुनः निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy