Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

मेलम्चीकाे ऐतिहासिक दरबार नष्ट

मेलम्ची,  नेपालको इतिहासमा कुशल योद्धा र प्रशासक कहलिएका माथवरसिंह थापाको भाइ रणवीरसिंह थापाको सिन्धुपाल्चोकको तिब्बती सीमा क्षेत्र भोताङ गाविस–१ दूराखाङमा रहेको ऐतिहासिक दरबार भूकम्पका कारण पूर्ण रुपमा नष्ट भएको छ ।

माथवरसिंह थापाको आफ्नै भान्जा जङ्गबहादुर राणाद्वारा हत्या गरिएपछि काठमाडौँ उपत्यकाबाट रणवीरसिंह विस्थापित भएका थिए । विसं १९९० मा रणवीरसिंहले उक्त दरबार निर्माण गरेका थिए ।

प्रत्येक वर्ष जनैपूर्णिमाका दिन मेला लाग्ने धार्मिकस्थल पाँचपोखरी जाने तीर्थयात्रीलाई निःशुल्क खाजाका रुपमा दही चिउरा खुवाउने र सुत्नका लागिसमेत व्यवस्था गरिँदै आएको उक्त दरबार हाल भग्नावशेषमा परिणत भएको छ ।

दरबार निर्माणका लागि प्रयोग गरिएका काठ चितवनबाट लगिएको थियो भने ढुङ्गाको प्लेट गोदावरीबाट र स्थानीय माटो पोलेर बनाइएको टायल छानामा प्रयोग गरिएको थियो ।

दुई तला र नौ कोठा भएको दरबार नेपाली सेना भीमकाली गुल्म मेलम्चीका उपसेनानी हुमनसिंह कुँवर नेतृत्वको टोलीले उद्धार तथा राहत वितरण गर्न स्थलगत भ्रमण गर्दा दरबार भत्किएको पत्ता लगाएको हो ।

पर्यटकीयस्थलका रुपमा रहेको दरबारलाई ढुङ्गाको पर्खाल लगाई कम्पाउन्ड गरिएको थियो भने कम्पाउन्डभित्रै खानेपानीका लागि ढुङ्गेधारा निर्माण गरिएको थियो । दरबारदेखि करिब ५० मिटरको दूरीमा गुम्बा रहेको र सो गुम्बाबाट गुरु रिन्पोछेले तपस्या गरेको हुँदा उक्त स्थान हिन्दू र बौद्ध धर्मावलम्बीका लागि ऐतिहासिक महत्वको ठाउँ हो ।

सो स्थानमा पुग्न मेलम्चीबाट बस वा जिपमा चार घन्टा र त्यसपछि डेढ घन्टा उकालो पैदलयात्रा गरेर पुग्न सकिने गुल्मका सेनानी प्रेम हमालले जानकारी दिनुभयो । भूकम्पबाट भत्किएको ऐतिहासिक तथा पर्यटकीय दरबार सरकारले तत्काल पुनः निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: