Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

मोदीको चिठ्ठीको जवाफ इमरानले ट्वीटरबाट दिएपछि…

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले भारत–पाकिस्तान शान्ति प्रक्रियालाई फेरि सुरु गर्ने इच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्रीको रुपमा शपथ लिएपछि पहिलोपटक भारत पाकिस्तान सम्बन्धबारे प्रतिक्रिया दिँदै इमरानले यस उपमहाद्विपबाट गरिबी हटाइ क्षेत्रीय विकासको लागि दुई देशबीचको सम्बन्ध सुधार गर्नुपर्ने बताएको इन्डियन एक्सप्रेसले लेखेको छ । मंगलबार ट्वीट गर्दै उनले भनेका छन्, ‘दुवै देशले वार्ता र छलफलको माध्यमबाट काश्मिर मुद्दालगायत अन्य समस्यामा समाधान गरी दुई देशबीच व्यापार बढाउनुपर्छ ।’ खानले अंग्रेजी र उर्दु दुवै भाषामा ट्वीट गर्दै भनेका छन्, ‘अब समृद्धिको लागि पाकिस्तान र भारतले छलफल सुरु गर्नुपर्छ र काश्मिरलगायत अन्य मुद्दामा भएको विवादको समाधान गर्नुपर्छ ।’ खानले १८ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको पत्रको पहिलो प्रतिक्रिया ट्वीटरमार्फत दिएका हुन् । मोदीले पत्रमा दुई देशबीचको विवाद समाधान गर्नका लागि अर्थपूर्ण र रचनात्मक सम्बन्ध कायम गरिनुपर्ने आवश्यकता औंल्याएका थिए । भारतीय प्रधानमन्त्री निकट स्रोतका अनुसार मोदीको पत्रमा दुई देशबीच ‘असल छिमेकीको सम्बन्ध’ कायम गर्ने, अर्थपूर्ण र रचनात्मक सम्बन्ध कायम गर्ने र क्षेत्रीय विकासको लागि दुई देशले सहकार्य गर्ने प्रमुख बुँदाहरु रहेका छन् । पत्रमा मोदीले भारतीय उपमहाद्विपलाई हिंसा र आतंकबाट मुक्त गर्नुपर्ने समेत उल्लेख गरेका थिए । तर, खानले मोदीको यो चासोको बारेमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि खानले यसअघि एक अवसरमा आतकंवादको शिकार भएका मानिसहरुको सहयोगको लागि अन्तराष्ट्रिय समुदायले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए । त्यस्तै मंगलबार नै खानले राजनीतिज्ञ बनेका पूर्वभारतीय क्रिकेटरबाट नवजोत सिंह सिद्धुको समेत बचाउ गरेका थिए । भारतको पञ्जाब राज्यका मन्त्री रहेका सिद्धुले खानको सपथ ग्रहण समारोहमा भाग लिन पाकिस्तान आउँदा पाकिस्तानी सेनाका प्रमुख कमर जावेद बाज्वासँग अंकमाल गरेपछि पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले आक्रोश व्यक्त गरेका थिए । ‘मेरो शपथ ग्रहण समारोहमा आएकोमा सिद्धुलाई धन्यवाद दिन चाहन्छु । उनी शान्तीका दुत हुन् र पाकिस्तानी जनताले उनलाई धेरै स्नेह गर्छन्,’ खानले लेखेका छन्, ‘भारतका केहीले उनको पाकिस्तान भ्रमणलाई निशाना बनाएका छन् । उनीहरुले यो क्षेत्रमा शान्ति कायम गर्ने कुरालाई ध्यान दिएका छैनन र शान्तीबिना हामीले प्रगति गर्न सकिँदैन ।’ दुई देशबीच औपचारिक छलफल कहिले हुन्छ भन्ने तय भएको छैन तर, भारतीय विदेशमन्त्री शुष्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री साह महमुद कुरेसीबीच सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा साइडलाइन बैठक हुने सम्भावना रहेको बताइएको छ । अहिलेसम्म दुई देशबीच भएका वार्ताहरु औपचारिक मात्रै भएका छन् र दुई देशबीचको सम्बन्धमा तिक्तता कायमै छ । सन् २०१६–१७ मा दुई देशबीचको व्यापारमा थोरैले कमी आएर २.२८ अर्ब डलर कायम भएको छ । जसमा भारतबाट १.८३ अर्ब डलरको सामान पाकिस्तान निर्यात भएको थियो भने पाकिस्तानबाट ४५६ मिलियन डलरको मात्रै सामान भारत निर्यात भएको थियो । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies