Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अाफ्नै प्रधानमन्त्रीलार्इ पार्टीभित्र 'कू' पछि नयाँ प्रधानमन्त्री

अस्ट्रेलिया । स्कट मोरिसन अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री नियुक्त हुने भएका छन् । पार्टीभित्र व्यापक विरोधको सामना गरिरहेका बहालवाला प्रधानमन्त्री म्याल्कम टर्नबुललाई पार्टीले पद छोड्न भनेकाे हाे । अस्ट्रेलियाली अधिकारीहरूका अनुसार प्रधानमन्त्री म्याल्कम टर्नबुललाई पार्टीले नेतृत्वको प्रतिस्पर्धामा समेत सामेल हुन दिएँन । टर्नबुल पार्टीभित्र निकै आलोचित रहेका थिए । पार्टीको अन्तरिक मतदानमा वर्तमान सरकारमा अर्थमन्त्री रहेका स्कट मोरिसन र गृहमन्त्री पीटर डटनबीच प्रतिस्पर्धा भएको थियो जसमा मोरिसनले ४५ मत प्राप्त गरेका थिए । कुल ४० मत पाएका डटनले नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई पूर्ण सहयोग गर्ने बताएका छन् । टर्नबुल गएको एक दशक यता यसरी पदमुक्त भएका चौथा प्रधानमन्त्री हुन् । लिबरल पार्टीका नेता म्यालकम टर्नबुल आफ्नै पार्टीबाट विरोधको सामना गर्दैथिए । पछिल्लो समय उनको सरकारका केही मन्त्रीहरूले समेत राजिनामा दिइसकेका छन् । कयौं सांसदहरूले एउटा पत्रमा हस्ताक्षर गर्दै मतदान गर्ने भनेपछि म्याल्कम टर्नबुल यसका लागि तयार भएका थिए । बिहीबार मात्रै उनले अस्ट्रेलियामा जे जे भइराखेको छ त्यसलाई देखेर धेरै मान्छे अचम्ममा पर्ने अभिव्यक्ति दिएका थिए । स्कट मोरिसन ‘टुरिज्म अस्ट्रेलिया’का पूर्व प्रबन्ध निर्देशक रहिसकेका छन् । उनले यस अघि अप्रवासन र सामाजिक सेवा सम्बन्धि मन्त्रालय सम्हालिसकेका छन् । विदेशमन्त्री जुली बिसप पनि या दौडमा सामेल थिइन् तर उनी अन्तिम चरणसम्म पुग्न सकिनन् । शुक्रवार समाप्त भएको मतदान अस्ट्रेलियाको राजनीतिक इतिहासमा नै सर्वाधिक नाटकीय रहेको बताइएको छ सुरुमा मोरिसन यस दौडमै सामेल थिएनन् । मंगलवार मात्र पीटर डटन म्याल्कम टर्नबुलसँग प्रतिस्पर्धा हारेका थिए । तर म्याल्कमका प्रमुख समर्थकहरूले उनको साथ छोडेपछि मोरिसन र बिसप पनि प्रतिस्पर्धामा उत्रिएका थिए । पीटर डटनको निष्ठा गृहमन्त्री पीटर डटनले स्कट मोरिसनलाई बधाई दिएका छन् । उनले भने, ‘यहाँ मेरो काम स्कट मोरिसनप्रति पूर्णरुपले निष्ठा प्रदर्शन गर्नु हो र यो प्रमाणित गर्नु छ कि हामी आगामी चुनाव जितौं ।’ तीनै नेता स्कट मोरिसन, म्याल्कम टर्नबुल र जुली बिसपले मतदान लगत्तै कुनै प्रतिक्रिया दिएका छैनन् । अस्ट्रेलियाको राजनीतिमा पछिल्लो समय छिटो–छिटो उथल–पुथल चलिरहेको छ । पछिल्लो समय कुनै पनि प्रधानमन्त्रीले पूरा कार्यकाल (३ वर्ष) पूरा गर्न पाएका छैनन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending