भाद्र १४ गते, २०७५ बिहिवार 30th August, 2018 Thu०९:३५:५२ मा प्रकाशित
काठमाडाैं । बिमस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौंका मुख्य सडक सिँगारिएका छन् । तर, भित्री गल्ली र चोकहरूमा भने केही दिनदेखि फेरि फोहोरको डंगुर लाग्न थालेको छ । पछिल्लो समय परेको वर्षाका कारण सिसडोलमा फोहोर खन्याउन समस्या भएको छ ।
अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - फोहोर उठाएर गएका ट्रक हिलाम्मे बाटोका कारण सिसडोलमै जाममा परेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढाउँदैछ । अहिले निजी कम्पनीले पनि काठमाडौंमा फोहोर संकलन बन्द गरेका छन् । काठमाडौं महानगरपालिकामा मात्र ३५ निजी कम्पनीले घर–घरबाट फोहोर उठाउने गर्छन् ।
बुधबार सिसडोल पुगेका ८० ट्रक हिलोबाटोकै कारण फोहोर खसाल्न नसकेर जाममा परेको सिसडोलस्थित काठमाडौं महानगरपालिकाका कर्मचारी सरकारदीप श्रेष्ठले बताए । फोहोरमाथि माटो छापेर बनाएको बाटो पानीले बगाएको र पानी पनि परिरहेकाले नयाँ माटो छाप्न समस्या भएको उनले सुनाए ।
कामपाको ट्रान्सफर स्टेसन भरिसकेको र सिसडोलमा फोहोर खसाल्न सक्ने अवस्था नरहेकाले फोहोर उठ्न छाडेको महानगरका कर्मचारीहरू बताउँछन् । गत असारमा पनि वर्षाको पानीले सिसडोलमा बाटो बिग्रिदा झन्डै एक महिनासम्म फोहोर उठ्न सकेको थिएन । श्रेष्ठका अनुसार पुरानो बाटो बन्न नसकेपछि नयाँ ट्र्याक खोलेर फोहोरमाथि माटो छापेर फोहोर खन्याउने गरिएको थियो ।
दैनिक हजार टनभन्दा बढी फोहोर
दैनिक २५ वटा ट्रकले तीन वर्षसम्म २५० टन फोहोर फाल्न मिल्ने गरी सिसडोल ल्यान्डफिलसाइट बनाइएको थियो । तर १४ वर्षसम्म पनि विकल्प खोजिएको छैन । त्यसैले सिसडोलमा हरेक वर्षामा समस्या हुँदा काठमाडौंमा फोहोर थुप्रिन्छ ।
अहिले दैनिक १५० ट्रकबाट हजार टनभन्दा बढी फोहोर फाल्ने गरिन्छ । काठमाडौं महानगरसहित उपत्यकाका १८ स्थानीय निकाय र बनेपा नगरपालिकाको फोहोरसमेत यहीँ फालिन्छ । सिसलोडमा फोहोरको पहाड नै बनेको छ । फोहोरमाथि नै माटो छापेर फोहोरका ट्रक अगाडि बढ्ने बाटो बनाइएको छ । बर्खामा यही बाटोमा समस्या आउँछ ।
काठमाडौं महानगरपालिका भन्छ– प्रकृतिसँग कसको के लाग्छ ?
काठमाडौंको फोहोर सीधै गाडीमा राखेर ल्यान्डफिलसाइटमा खसाल्न सक्ने अवस्था नरहेको र जम्मा गरेर केही दिन राख्ने स्थान पनि नभएकाले समस्या भएको महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि कुँवरले बताए । ‘केही दिनयताको निरन्तर वर्षाले गर्दा बाटो हिलो भएर फोहोर रोकिएको हो । पानी पर्न छाडेपछि फोहोरको समस्या हटिहाल्छ,’ उनले भने, ‘पानी निरन्तर परिरहे कसले के गर्न सक्छ ? प्रकृतिसँग कसको के लाग्छ र ?’
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: