Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

४ दिनमै धुर्मुसकाे टाेलीले बनायाे ४० शौचालय र विद्यालय

नुवाकोट,  झट्ट हेर्दा देख्नेजति जो–कोहीलाई लाग्न सक्थ्यो उनीहरु चलचित्रको सुङिमा व्यस्त छन् । तर सधैँ टेलिभिजन पर्दामा मात्र देखिने चर्चित हाँस्य टेलीश्रृङखला मेरी बास्सैका धुर्मुस र सुन्तलीसहितका कलाकारहरु एकाएक नुवाकोटको ओखरपौवा गाउँमा मजदुरको भेषमा भेटिए । काँधमा बोरा, हातमा कोदालो र बेल्चा बोकेर खटिइरहेका थिए उनीहरु, त्यो पनि पाँच–पाँच दिनसम्म निरन्तर । वास्तवमा उनीहरु भूकम्पले ध्वस्त बस्तीमा शौचालय र विद्यालय निर्माण गर्न जुटेका थिए । भूकम्पकै कारण ढलेर तहसनहस बस्ती उठाउने उनीहरुको यो श्रम वास्तवमा सबैलाई भरपुर मनोरञ्जन दिने टेलीश्रृङखलाका दृश्यहरुभन्दा हेर्नलायक थियो । \"dhurmus-2\" “राष्ट्र निमार्णमा सबै नेपाली एकजुट होऔँ” भन्ने नारा सहित सरसफाई दूत एवं वहुचर्चित हाँस्य कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को नेतृत्वमा १३ जना कलाकारसहित ३० जनाले गत बिहिवारदेखि पाँचदिनसम्म आफैँ खटिएर शौचालय र विद्यालयको नयाँ भवन बनाएका छन् । ओखरपैवामा–५ कुलेगाँउ र ६ ठुलेचित्रे गाँउमा गरी ४० वटा चर्पी र भूकम्पले भत्किएको ठुलेचित्रेस्थित महाकाली निम्न माध्यामिक विद्यालयको ७ कोठे भवनसमेत बनाएर गाउँलेलाई हस्तान्तरण गरेका हुन् । आफ्नै पाखुरीको भरमा बनेको विद्यालय भवनको उद्घाटन गाउँभरका सबै भेला गराएर सोमवार धुर्मुस सुन्तलीले संयुक्त रुपमा गरे । टिन, काठ र बाँसकै प्रयोग गरेर भएपनि बनाइएको निकै आकर्षक, सुरक्षित र आधुनिक भवनझैँ चिटिक्क देखिने यो बालमैत्री विद्यालय साँच्चै नै लोभलाग्दो छ । \"dhurmus-3\" खानेपानी, ४ वटा शौचालयदेखि आवश्यक सबै पूर्वाधारको व्यवस्था छ । पठनपाठनका लागि योग्य बनेपछि भोलिपल्ट देखि नै लगातार विद्यालय आउन बालबालिका र तिनका अभिभावकलाई धुर्मुसको जोडीले आग्रह गरे अनि २ सय ५० विद्यार्थीलाई कापी, कलम र झोला समेत वितरण गरे । विपद्का बेला मानविय संवेदना बोकेर यो कलाकार समुहले विद्यालय र चर्पी बनाएर पिडितको सेवा मात्रै गरेनन्, धुर्मुसले विद्यार्थीको कलिलो मस्तिष्कमा भरिएको भूकम्पको भयानक त्रासलाई मेट्ने उपचार अभिनयमार्फत गरे । टेलीश्रृङखलामा झैँ खड्काजीको अभिनयमार्फत् हँसाएका उनले ‘अव कहिल्यै भुइँचालो आँउदैन, भोलिदेखि पढन आऊ है’,  भन्दै बालबालिकालाई फकाए । मेरी वास्सैसहित भद्रगोल, सगुन डटकम र जेष्ट फाउण्डेसनको संयुक्त सहयोगमा मेरी बास्सैका कलाकारहरु सुरबिर पण्डित ‘दारी बा’, गोपाल लामा ‘कार्की दाई’, बुद्धी तामाङ ‘हनुमाने’, बेगम नेपाली ‘भटभटे’, विष्णु बुढाथोकी ‘स्पन्दन’ ले श्रमदान गरेका थिए । यसैगरी चर्चित टेलिश्रृङ्खला भद्रगोलका चर्चित कलाकार कुमार कट्टेल ‘जिग्रीे’, अर्जुन घिमीरे ‘पाँडे’, हरी निरौला ‘कक्रोच’, सागर लम्साल ‘बले’ विकाशराज पाण्डे, सगुन डटकमका अखिल सिटौला, माधव चौलागाईँ, र जेष्ट फाउण्डेसनका जयराम सिग्देल लगाएतका ३० जनाको टोलीले स्थानिएको सहयोगमा काम गरेका थिए । राजधानी काठमाण्डौंको सीमानामा जोडिएको भएपनि यो दुर्गम गाउँ हो । अहिलेसम्म खुला स्थानमा दिशापिसाव गर्ने यी वस्तीहरुमा व्यवस्थित चर्पी निर्माण गरिदिएपछि धुर्मुस र सुन्तलीको प्रशंसा एवं तारिफ गर्ने स्थानियहरुको यहाँ कमी थिएन । ‘कक्षा संचालन कसरी गर्ने चिन्ता भईरहेका बेला कलाकारको टिमले विद्यालय बनाईदिएकोमा उहाँहरुप्रतिको हाम्रो सम्मान जतिसुकै गरेपनि कम हुन्छ’, यसप्रति उत्साहित हुँदै प्रधानाध्यपक राम उदगार यादवले खुसी व्यक्त गरे । ‘चार दिनमै ४० चर्पी र ७ कोठे विद्यालय बनाउन सकिँदो रहेछ, धुर्मुसले भने, ‘भुकम्पले उजाडिएका  देशका हरेक वस्तीमा सबैले यसैगरी श्रमदान गर्ने हो भने मुलुक बन्न बेर लाग्दैन ।’ भुकम्प प्रभावित जिल्लामा थालिएको पहिलो अभियानअन्र्तगत यो कलाकार टिमले सिन्धुपाल्चोकमा पनि राहत वितरणसहित १० वटा चर्पी निर्माण गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy