Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रधानमन्त्री कोइराला र जाइका अध्यक्षबिच भेटवार्ता

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहेका जापान अन्तराष्ट्रिय सहयोग नियोगका अध्यक्ष अकिहिको तानाकाले मंगलबार बिहान भेट गरेका छन् । भेट नेपालमा हालै आएको भूकम्पले पु¥याएको क्षति, भूकम्प पीडितको उद्धार, राहत, पुनस्थापना, पुनर्निर्माण तथा नेपाल र जापानबीचको कुटनीतिक एवं आर्थिक सम्बन्धमा केन्द्रित भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले नेपाललाई दुःख परेको समयमा पुनः उत्तम निर्माणको सन्देश बोकेर आएकोमा स्वागत गरेका थिए । उनले नेपालमा विनासकारी भूकम्प गएको जानकारी पाएपछि जापान सरकारले उद्धार टोली र राहत सामग्री पठाएर गरेको सहयोगको पनि सराहना गरेका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले भूकम्पमा परी जापानी नागरिकको पनि निधन भएकोमा दुःख व्यक्त गर्दै उनीमार्फत मृतकको परिवारमा समवेदना सन्देश पठाएका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले भूकम्पको खोजी र उद्धारको कार्य समापन तिर पुगेको र राहत र अस्थायी पुनस्थापनको कार्य भइरहेको बताउन्दै मनसून अगाडि नै भत्केका घर, विद्यालय,अस्पतालहरु निर्माण गर्ने कार्य चुनौतीपूर्ण रहेको बताए । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले भूकम्पले नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वका सम्पदाहरु पनि विनास गरेकोले  तिनको निर्माणमा जापानको अनुभव, विज्ञता, प्राविधिक र आर्थिक सहयोग उपयोगी हुने बताए । प्रधानमन्त्री कोइरालाले नेपाल सरकारद्वारा स्थापित २०० अर्व रुपैयाँको पुनर्निर्माण तथा पुनस्थापना कोषमा जाइका र जापान सरकारको योगदान हुने अपेक्षा पनि गरे । सो अवसरमा प्रधानमन्त्री कोइरालाले जापानले नेपालको आर्थिक–सामाजिक विकासमा दिएको योगदानको चर्चा गर्दै बनेपा–सिन्धुली –बर्दीबास सडक, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आधुनिकीकरण, मेलम्चीको पानी प्रशोधन केन्द्र, तनहुँ जलविद्युत आयोजना जस्ता ठूला आयोजनामा गरेको सहयोगको प्रशंसा गरे । प्रधानमन्त्री कोइरालाले इण्डोनेशियाको जकार्ता र वाङ्गडुङ्गमा भएको एशियाली अफ्रिकी सम्मेलनका अवसरमा जापानका प्रधानमन्त्री सिञ्जो आबेसंग भएको भेटको पनि उल्लेख गर्दै अर्को वर्ष नेपाल जापानबीचको कुटनीतिक सम्बन्धको गौरवपूर्ण ६० औं वर्ष पुग्ने पनि उल्लेख गरे । भेटमा जाइकाका अध्यक्ष तानकाले भूकम्पको पीडामा रहेको नेपाललाई आर्थिक,प्राविधिक र भौतिक सबै खालको सहयोग जुटाएर पुनर्निर्माणमा सघाउन जापान तयार रहेको बताए । उनले नेपाल पुन गतिशील हुने र भूकम्प प्रतिरोधी नयाँ प्रविधिका निर्माणबाट आधुनिक युगमा प्रवेश गर्ने पनि बताए । तानाकाको प्रतिनिधिमण्डलमा सुनामीमा काम गरेका विपद् व्यवस्थापक विज्ञहरु समेत सम्मिलित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies