Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

नागरिकता बनाउन दुई दिन पैदल

बनेपा । स्थानीय सरकार बनेसँगै जनताका काम सहजै हुने ठानिएको थियो । तर काभ्रेको डाँडापारीवासीले नागरिकता बनाउनै दुई दिन पैदल हिंड्नुपर्छ । दश हजार रुपैयाँ खर्च हुन्छ । सञ्चार र यातायात सुविधा नपुग्दा उनीहरूले सास्ती पाएका हुन् । आजको अन्नपुर्ण पोस्ट दैनिकमा यो खबर छ - डाँडापारी गाउँ सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ । ‘मुलुकमा गणतन्त्र आयो, नेता फेरिए तर डाँडापारीको मुहार कहिल्यै फेरिएन’, खानीखोला गाउँपालिका २ का मानजीत तामाङ भन्छन्, ‘जनप्रतिनिधि आएपछि गाउँमै नागरिकता बन्छ भन्थे, होइन रहेछ ।’ छोरोको नागरिकता बनाउँदा सदरमुकाम धुलिखेल आउन, जान र बस्न पाँच दिन लागेको उनले सुनाए । ‘साहुसँग ऋण गरेर ल्याएको दस हजार रूपैयाँ सकियो । जुन जोगी आए नि कानै चिरिएको भनेझैं भयो । हामी दुःखी जनतालाई जुन सरकार आए नि केही न केही’, उनले दुःखेसो पोख्दै भने । तालढुंगाका मोहनप्रसाद तिमल्सिनाले पनि चार जिल्ला पार गरेर नौ हजार रूपैयाँ सकेर छोराको नागरिकता बनाए । ‘नागरिकता बनाउन दुई दिनसम्म महाभारतको जंगल हिँडेर सदरमुकाम आउनुपर्छ’, उनले थपे, ‘म बुढो हिँड्न सक्दिनँ, त्यसैले मकवानपुर, धादिङ, काठमाडौं भक्तपुर ललितपुर हँुदै सदरमुकाम धुलिखेलसम्म पुगें ।’ नेपाली नागरिक भएको प्रमाणपत्र पाउन पनि यस्तो सास्ती भोग्नुपरेको भन्दै उनले सरकारसँग गुनासो गरे । मानजित र तिलक प्रतिनिधि मात्रै हुन्, हजारौं डाँडापारीवासी सरकारी सेवा सुविधा लिन दसकौंदेखि यस्तै सास्ती भोग्दै आएका छन् । अध्यक्ष र सचिव सदरमुकाम बस्ने र उनीहरूसँग सम्पर्क नहुने भएकाले पनि धेरै दुःख पाएको एक स्थानीयले बताए । गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले बैंक नभएकाले पैसा निकाल्न चेक साट्न र राख्न सदरमुकाम र सहर जानुपर्ने बाध्यता भएको बताए । महाभारत गाउँपालिका अध्यक्ष कान्छामान जिम्वा पनि केन्द्रीय सरकारले इलाका प्रशासन कार्यालय सञ्चालनका चासो नदिँदा डाँडापारीबासीले सास्ती भोग्नुपरेको गुनासो पोेखे । ‘कागजमा कार्यालय छ तर जनताले सेवा पाएका छैनन्’, जिम्बाले भने, ‘स्थानीय सरकारले जग्गा उपलब्ध गराउँछ केन्द्र र प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधार कर्मचारीसहित सञ्चालनमा ल्याउनुपर्छ ।’ केही वर्षअघि मन्त्रालयले डाँडापारी क्षेत्रका तत्कालीन एक दर्जन गाविसलाई लक्षित गरी घर्तीछाप गाविसमा इलाका प्रशासन कार्यालय स्थापना गरेको थियो । तर कर्मचारी विकट क्षेत्र र पर्याप्त भौतिक पूर्वाधार नभएको भन्दै गाउँ जान नमानेसँगै हालसम्म कार्यालय सञ्चालनमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत भने मन्त्रालयले इलाका प्रशासन कार्यालय तोकिए पनि कर्मचारी, भौतिक पूर्वाधार नभएका कारण सञ्चालनमा आउन नसकेको बताए । उनले भने, ‘कर्मचारी र पूर्वाधार विकासका लागि पहल गरिरहेको छु ।’ सडक पूर्वाधार नपुगेका खानीखोला, महाभारत गाउँपालिकाका घर्तीछाप, साल्मेचाकल, साल्धारा, फलामेटार, डाँडागाउँ, बनखुचौर, फोक्सिङटार, गोकुले, बुढाखानी र मिल्चेका हजारौं स्थानीय ठूलो आर्थिक भारसहित दुई दिनको कठिन पैदल यात्रा गर्न बाध्य छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending