Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

कसरी भर्ने केवाईसी फर्म ?

काठमाडौँ । कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी भनिन्छ । अझ प्रष्ट रुपमा भन्नुपर्दा, व्यक्तिगत विवरणका साथमा पारिवारिक विवरण एवम् व्यवसायिक विवरण समेत प्रष्ट रुपमा खुल्ने समग्र विवरणलाई केवाईसी भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि, व्यवसायिक संलग्नता, आम्दानी लगायतका विषयमा जानकारी संकलन गर्दछ । कुनै पनि बैंक अवैधानिक सम्पत्ति लुकाउने थलो नबनोस् भन्नका लागि ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले केवाईसी फर्म भराउने गर्दछ । हरेक बैंकमा खाता खोल्दा केवाईसी फर्म पनि अनिवार्य रुपमा समावेश गरिएको हुन्छ । भर्नुपर्ने विवरणहरु सामान्यतया बैंकहरूले केवाईसी फर्ममा भर्न लगाउने विवरणहरु उस्तै हुन्छन् । उक्त फर्ममा निम्न शीर्षकहरु राखिएको हुन्छ खाता नम्बर नाम आफ्नो¸ बुवारआमा र हजुरबुवाको नाम पेशा औषत वार्षिक आय नागरिकता वा पासपोर्ट वा सवारी लाइसेन्स नम्बर डेभिड वा क्रेडिट कार्ड लिएको भए त्यसको नम्बर यदि कुनै व्यवसाय गर्ने भए व्यवसायको विवरण व्यापार¸ उद्योग वा सेवामुलक के हो खुलाउने औषत वार्षिक कारोबार पान नम्बर वा भ्याट नम्बर ठेगाना स्थायी ठेगाना कागजपत्रमा हुने अनुसारको अस्थायी ठेगाना अहिले बसिरहेको ठाँउको ठेगाना आवश्यक कागजपत्रहरू कुनै पनि बैंकमा गएर केवाई फर्म भर्दा निम्न कागजातहरु पनि पेश गर्नुपर्ने हुन्छ स्थायी ठेगाना भए घरधनीको पहिचान खुल्ने कागजपत्र अस्थायी ठेगाना भए घरमुलकीको विवरण भएको कागजपत्रको फोटोकपी परिवारका सदस्यहरूको नाम थर¸ नागरिकता नं¸ नागरिकता जारी भएको ठेगाना र मिति हाल बसोबास गरिरहेको स्थानसम्म पुग्ने नक्सा नक्सा बनाउने ठाँउ फर्ममै हुन्छ हालसालै खिचिएको फोटो देशमा कारोबार हुने पैसालाई शुद्ध राख्नु सबै नागरिकको कर्तव्य पनि हो । त्यसैले यदि यो फर्म भर्नुभएको छैन भने जतिसक्दो चाँडो गएर भरिहाल्नुहोस् । किन भर्ने केवाईसी फर्म केवाईसी फर्म भरेपछि बैंकसँग तपाईको बारेमा पछिल्लो जानकारी हुन्छ, जसले तपाईलाई कारोबार गर्न सजिलो बनाउँछ । नेपाल राष्ट्र बैंकलेनै बैंकहरूलाई केवाईसी अनिवार्य रूपमा भर्न लगाएकाले यसलाई नभर्दा पछि बैंकिङ्ग कारोबारमा झण्झट हुन सक्छ । केवाईसी अन्तर्गत कसैले कालोधन जम्मा गर्नका लागि अथवा भ्रष्टाचार गरेको पैसा लुकाउनका लागि बैंकको प्रयोग नगरोस भनेर बैंकमा पैसा जम्मा गर्न आउने ग्राहकको पृष्ठभूमिदेखि लिएर हरेक कुराको जाँच गरिन्छ । त्यसैले, केवाईसीले बैंकको सुरक्षामा मद्धत गर्छ । त्यस्तै, ग्राहक तथा अन्य वित्तीय साझेदारसँगको सम्बन्ध मजबुद बनाउनका लागि समेत केवाईसी सहयोगी बन्दै आएको छ । बैंकहरुले आवश्यकताअनुसार, यसको प्रक्रियामा परिमार्जन गर्ने गर्दछन् । सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, चोरी, ठगी लगायतका वित्तीय अपराध रोक्नका लागि केवाईसी को अवधारणा ल्याइएको हो । केवाईसीले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई अपराधिक क्रियाकलापमा प्रयोग हुनबाट जोगाउँछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy