जेष्ठ १३ गते, २०७२ बुधवार 27th May, 2015 Wed१४:१८:१० मा प्रकाशित
इटहरी, इलाका प्रहरी कार्यालय इटहरीले मङ्गलबार अपराह्न ४ बजेतिर यहाँ रहेको एरिना टेलिभिजनको ‘एरिना टक शो’ कार्यक्रमका लागि अन्तर्वार्ता दिन जाने क्रममा पक्राउ परेका सीके राउतलाई सुनसरी जिल्लामा उनी विरुद्ध कारबाहीयोग्य कुनै प्रमाण नभएकाले सोधखोज तथा अनुसन्धानका लागि सप्तरी प्रहरीलाई बुधबार बिहानै बुझाइएको छ ।
सुनसरी जिल्लाका प्रहरी उपरीक्षक सञ्जयराज शर्माका अनुसार सुनसरी जिल्लामा सीके राउतविरुद्ध राज्यबिप्लव गरेको भन्ने कुनै लिखित दस्तावेज वा अरु विश्वसनीय प्रमाण नभएकाले सप्तरी जिल्लामा उनीविरुद्धको कुनै प्रमाण हुनसक्ने अनुमान गरेर सप्तरी जिल्ला प्रहरीसँग समन्वय गरेर हस्तान्तरण भएको बताए ।
एरिना टेलिभिजनमा आएको अवस्थामा प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काको नेतृत्वमा गएको प्रहरीको टोलीले राउतलाई पक्राउ गरेर हिरासतमा लिएपछि इटहरीमा सक्रिय मानवाधिकारवादी महिला लक्ष्मी गौतम, विमला ढकाललगायतको महिला टोलीले नेपाली चेलीविरुद्ध अपशब्द प्रयोग गरेको र राज्य विरुद्धको बिप्लव गरेको भन्दै कारबाहीको माग दाबी गरेर इलाका प्रहरी कार्यालय इटहरीमा लिखित जाहेरी दिएका थिए ।
युवाको समूहले पनि उनीविरुद्ध देश विभाजन गर्ने कार्यमा सक्रिय रहेको तथा नेपाली चेलिबेटीलाई अनेकथरी लाञ्छना लाग्नेगरी अभिव्यक्ति दिएको विरोधमा उनी कारबाहीको भागिदार हुनसक्ने दाबीसहित उनीविरुद्ध लिखित जाहेरी दिएका थिए । त्यसैगरी हिजो साँझ सीके राउतविरुद्ध नाराबाजी पनि भएको थियो ।
उनीविरुद्ध इटहरीमा चर्को नाराबाजी भएको विषयतर्फ मध्यनजर गर्दै प्रहरीले पक्राउ परेका राउतलाई आज बिहानै ४ बजेतिर सप्तरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको बताइएको छ ।
आक्रोशित युवा तथा महिला अधिकारकर्मीको समूहबाट उनीविरुद्ध आक्रमणसमेत हुनसक्ने सम्भावनाले बिहानै उनलाई सप्तरी पठाइएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: