Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

राष्ट्रिय सरकार कि सर्वपक्षीय संयन्त्र भन्नेमा प्रचण्ड र बाबुरामको फरक मत

काठमाडौं, एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल र अर्का बरिष्ठ नेता बाबुराम भट्टराईका पछिल्ला अभिव्यात्तिहरुमा अन्तर पर्न थालेको छ । पटकपटक अन्तरसघर्ष र एकता गर्दै आएका दुइ नेताहरुबिचमा महाभुकम्प पछि यस्तो देखिएको हो । नेता भट्टराई महाभूकम्पले ल्याएको राष्ट्रिय संकटसँग जुध्न राष्ट्रिय सरकार बनाउनुपर्ने र त्यसको माताहतमा विशेष प्रधिकरण बनाउनुपर्ने बताउँदै आएका छन् भने प्रचण्ड राष्ट्रिय सरकारका विषयमा मौन प्राय छन् । सोमबार राष्ट्रिय संकट सामाधानका विषयमा खबरडबलीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकारभन्दा पनि शक्तिशाली सर्वपक्षिय संयन्त्र निर्माण गनुपर्ने बताएका  थिए । प्रचण्डले यसो बताए लगत्तै नेता भट्टराईले मंगलबार एक साप्ताहिकलाई अन्तर्वार्ता दिदैं राष्ट्रिय सरकार बन्नुपर्ने बताएका हुन् । त्यसअघि नै पूननिर्माण प्रधिकरण बने आफु त्यसमा बस्न इच्छुक रहेको बताइसकेका भट्टराईले  राष्ट्रिय सरकारको नेतृत्व यसअघि प्रधानमन्त्री भइसकेकोहरुबाट भन्दा पनि नयाँलाई दिनुपर्ने समेत बताएका छन् । जसका लागि एक पात्रको रुपमा एमाले अध्यक्ष केपी ओलीलाई समेत औंल्याएका  छन् । उता अध्यक्ष प्रचण्डले भने राष्टिय सरकार गठन गर्न थाल्दा शक्ति बाँडफाडको अर्को लफडा पर्नसक्ने भन्दै सर्वपक्षिय संयन्त्र निर्माणमा जोड गरेका छन् । प्रचण्डका अनुसार सबै राजनितीक दल, भूगर्वविद, सेना, प्रहरी, प्राविधिक लगायत आवश्यक अन्य पक्षको समेत संलग्नतामा शक्तिशाली संयन्त्रको अवधारणा अघि सारेका छन् । प्रचण्ड र भट्टराईका बिचमा बेलाबेलामा आउने यस्ता मतान्तरले एमाओवादीमा ठुलठुला समस्या समेत निम्तिएको छ । अहिले आएको मतान्तरको निकासका वारेमा  दुबै नेताहरुले कसरी सोचेका छन् त्यो भने छिट्टै थाहा हुनेछ । अर्का नेता नारायणकजी श्र्रेष्ठले पनि केही समय अघि सरकारमा कार्यकर्तालाई जागिर ख्वाउन जाने कि के गर्न जाने भनेर टिप्पणी गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies