Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध अमेरिका किन क्रुद्ध ?

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफ्ना नागरिकहरूमाथि मुद्दा चलाएमा अमेरिकाले ऊविरुद्ध नै प्रतिबन्धहरू लगाउने चेतावनी दिएको छ।

आईसीसीले अफगानिस्तानमा बन्दीहरूलाई दुर्व्यवहार गरेको आरोपमा अमेरिकी सैनिकहरूलाई मुद्दा चलाउने तयारी गरिरहेको विवरणहरू बाहिर आएका छन्। तर अमेरिकाले त्यस्को कडा आलोचना गरेको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले जन बोल्टनले आईसीसी नै \"अवैध\" भएको आरोप लगाउँदै अमेरिकाले आफ्ना नागरिकको सुरक्षा गर्न \"जे पनि गर्नसक्ने\" बताएका छन्। अमेरिका सन् २००२ मा स्थापित आईसीसीको सदस्य होइन। बोल्टनले लामो समयदेखि आईसीसीको आलोचना गर्दै आएका छन् । गत वर्ष आईसीसीका एक अभियोजनकर्ता फातोउ बेन्सुओदाले अफगानिस्तानमा अमेरिकी सैनिक र गुप्तचर अधिकारी संलग्न भएको सम्भाव्य युद्ध अपराधको पूर्ण अनुसन्धान गर्न अनुरोध गरेका थिए । बोल्टनले त्यसविषयमा अफगानिस्तान र आईसीसीको रोम विधानले कुनै अनुरोध नगरेको बताए । उनले आफ्ना सैनिकहरूविरुद्ध अनुसन्धान गरेमा अमेरिकाले आईसीसीविरुद्ध नै प्रतिबन्धहरु लगाइदिने धम्की दिएका छन् । उनको भनाइमा अमेरिका आइसीसीका अधिकारीहरूविरुद्ध \"आर्थिक प्रतिबन्ध, यात्रामा अवरोध र फौजदारी मुद्दा\" लगाउन तयार छ । अर्कोतिर गाजा र अधीनस्त वेस्ट ब्याङ्क क्षेत्रमा इजरेली सेनाले गरेको भनिएको युद्ध अपराधको छानबिन हुनु पर्ने प्यालेस्टिनी मागलाई पनि अमेरिकाले रुचाएको छैन । बोल्टनका अनुसार प्यालेस्टाइनको त्यहि अनुरोधका कारण उसको वासिङ्टन स्थित नियोग बन्द गर्न आदेश दिइएको हो । प्यालेस्टाइनले अमेरिकी कदमको कडा आलोचना गरेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending