ब्राजिलको जेलमा रहेका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अर्को महिना हुने चुनावमार्फत सत्तामा फर्कने आफ्नो प्रयास त्यागेका छन्।
वर्कर्स पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वारमा अब उनको ठाउँमा फर्नान्डो अडाड उठ्ने छन्। वर्कर्स पार्टीका एकजना नेताले उक्त निर्णय प्रहरी मुख्यालयबाहिर घोषणा गरेका थिए, जहाँ ७२ वर्षीय पूर्व राष्ट्रपति लुला डा सिल्भाले आफूमाथिको जेल सजाय भोगिरहेका छन्। उनी रहेको जेलबाहिर उनका समर्थकमाझ पढेर सुनाइएको पत्रमा ब्राजिलमा सामाजिक न्यायको लडाइँका लागि उनको प्रतिनिधित्व चुनावमा अडाडले गर्ने बताइएको थियो। उक्त पत्रमा पूर्व राष्ट्रपति जसले सन् २००३ को ज्यानुअरीदेखि सन् २०१० को डिसेम्बरसम्म शासन गरेका थिए उनले आउँदो अक्टोबर महिनामा हुने चुनावमा भाग नलिने बताएका छन्। चुनावी अभियानका लागि वर्कर्स पार्टीले अडाड नै लुला हुन् भन्ने नारा समेत बनाएको छ। सिल्भाले चुनावबाट पछि हट्न गरेको यो निर्णय लामो कानूनी लडाईँ पश्चात् आएको हो। भ्रष्टाचारको आरोपमा दोषी ठहर भइ १२ वर्ष जेल सजाय सुनाइए पनि र ब्राजिलको निर्वाचनसम्बन्धी उच्च अदालतले सिल्भालाई राष्ट्रपतिमा उठ्न अयोग्य भने पनि उनी चुनावी मत सर्वेक्षणहरूमा अगाडि देखिएका छन्। लुलाका वकिलहरूको टोली र वर्कर्स पार्टीले गत अगस्ट ३१ तारिखमा सुनाइएको अदालतको उक्त निर्णयपछि सर्वोच्च अदालतमा त्यसको पुनरावलोकनका लागि मुद्दा दायर गरेका छन्। तर सर्वोच्च अदालतले त्यसको निर्णय सुनाउन बाँकी नै छ। सोमबार रातिसम्म पनि सम्भव भएसम्म लुलाको नाम नै राष्ट्रपति उम्मेद्वारका लागि अघि सार्ने रणनीति वर्कर्स पार्टीले अपनाएको थियो। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: