एउटी गर्भवती महिलाले आफूले खान लागेको सुपमा मरेको मुसा भेटेपछि रेस्टुरेन्टहरूको सञ्जाल भएको एउटा चिनियाँ कम्पनीको बजार मूल्य १९ करोड डलरले घटेको छ।
चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्बिर सामाजिक सञ्जालहरूमा फैलिएपछि जायबु जायबु रेस्टुरेन्टको शेयर मूल्य एक वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको हो। मरेको मुसा भएको सुप बेच्ने शान्डोङ प्रान्तस्थित रेस्टुरेन्ट भने केही समयका लागि बन्द गरिएको छ। उसले ती ग्राहकलाई पाँच हजार युआन क्षतिपूर्ति दिन खोजेको बताइएको छ। ती महिलाका पतिलाई उद्धृत गर्दै एउटा स्थानीय समाचार संस्थाले त्यो रकम उनीहरूले लिन अस्वीकार गरेको जनाएको छ। मा भनेर एउटा नामबाट चिनाइएका ती व्यक्तिले आफ्नी गर्भवती पत्नीको पूरै शारीरिक परीक्षण गरेपछि मात्रै क्षतिपूर्तिबारे निर्णय गर्न चाहेको बताएका छन्। गत सेप्टेम्बर ६ मा उनीहरू सपरिवार सो हट्पट रेस्टुरेन्टमा खाना खान गएका थिए। केही गाँस खाएपछि ती महिलाले आफ्नो खानामा मरेको मुसा फेला पारिन्। यदि उनलाई आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे चिन्ता भए गर्भपतन गराउने सल्लाह सो रेस्टुरेन्टका एक कर्मचारीले दिएको र त्यसका लागि २० हजार युआन दिने बताएको ती महिलाका पतिले जनाएका छन्। चिनियाँ सामाजिक सञ्जाल वेइबोमा उसिनिएको उक्त मुसाको तस्बिर प्रेषित भएपछि धेरैले घृणा र आक्रोश व्यक्त गरेका छन्। एक जनाले लेखेका छन्, \"मलाई वाक्क आउला जस्तो हुन्छ। म अब बाहिर कहिल्यै हट्पट खान्नँ।\" केही दिनपछि सेप्टेम्बर ११ मा सो कम्पनीको शेअर मूल्य गत वर्ष अक्टोबरपछिको सबभन्दा न्यून विन्दुमा पुग्यो। तर बुधवारदेखि उसको बजार मूल्यमा केही सुधार आउन थालेको छ। \"जायबु जायबु मलाई मन पर्ने रेस्टुरेन्ट हो। मलाई लाग्थ्यो उनीहरू सफा छन्.... तर म यो पत्याउनै सक्दिनँ,\" अर्का एक जनाले वेइबोमा लेखेका छन्। \"यदि उनको बच्चालाई केही भइहाल्यो भने उनीहरूले कसरी क्षतिपूर्ति गर्छन्? के जीवनको मूल्य २० हजार युआन मात्रै हो?\" एक प्रयोगकर्ताको प्रश्न छ। सरसफाइको कमीका कारण मुसा खानेकुरामा पुगेको हुनसक्ने सम्भावना अस्वीकार गर्दै सो रेस्टुरेन्टले शनिवार एउटा सन्देश लेखेको थियो। तर पछि उसले त्यो मेट्यो। सुपमा मुसा पाइएको वेइफङ नगरका अधिकारीहरूले जाइबु जाइबु रेस्टुरेन्टबारे छानबिन हुने बताएका छन्। हट्पट चीन र एशियाका अरू भागमा प्रचलित एउटा परिकार हो। उम्लिरहेको तातो सुपको भाँडो डाइनिङ टेबलमा राखेर त्यसमा विभिन्न तरकारी र काँचो मासु हालेर पकाइन्छ। त्यो परिकार नै हट्पट हो। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: