कुश्मा । ‘प्रधानाध्यापक’ भन्नेवित्तिकै धेरैले अधिकांश समय विद्यालयको काममा खटिरहने शिक्षकको प्रमुख नाइके भनेर बुझ्ने गर्दछन् । प्रधानाध्यापकले विद्यालयको व्यवस्थापकीय पक्षलाई राम्रो बनाउँदै शिक्षक न्यून हुने शैक्षिक संस्थामा अध्यापन गराउने कामसमेत गरेका हुन्छन् तर यहाँको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले भने अतिरिक्त श्रममा समेत आफूलाई अब्बल नाइकेका रुपमा प्रस्तुत गरिरहेका छन् । जिल्लाको एक माविका प्रअलाई सार्वजनिक बिदाको दिन प्रायः कुश्मा बजारमा हुने बिहे लगायत अन्य शुभकार्यमा गाला फुलाई–फुलाई सनही बजाइहेको देखिन्छ । उनलाई धेरैले हेड सर अर्थात् प्रधानाध्यापक चक्रबहादुर पुन भनेर चिन्दछन् । सदरमुकामको व्यस्त बजारबीच सनही फुकिरहँदा उनी धेरैको ध्यान आफूतिर खिच्न सफल छन् । जलजला गाउँपालिका वडा नं ९ स्थित बनौँ माध्यमिक विद्यालयका प्रअ पुन बिहेमा निर्धक्कसँग नौमतीमा रमाइरहेको देखिन्छन् । उनी र उनका समूहले नौमती बाजा बजाएर धेरैलाई मनोरञ्जन दिँदै आएको छ । जिल्लामा मात्र नभएर पछिल्लो समय धौलागिरि क्षेत्रमा समेत ‘मगरबाजा’ भनेर ख्याति कमाउन सफल उनको समूहले छिमेकी जिल्लामा समेत नौमती बाजा बजाउने गरेको छ । निश्चित पारिश्रमिक लिएर उक्त समूह विवाह उत्सव तथा शुभकार्यमा बाजा बजाउन हिँड्ने गर्दछन् । विसं २०५९ माघ १ बाट शिक्षण पेशा शुरु गरेका उनले ०५९ चैत १६ बाटै प्रअको भूमिका निर्वाह गर्दै आएका छन् । करीब १५ वर्ष प्रअ भएका उनले नौमती बाजा बजाउन लागेको भने जम्मा छ वर्ष भयो । विद्यालय खुलेको दिनमा सधैँ विद्यालय जाने तर सार्वजनिक बिदाका दिनमा भने बाजागाजा बोकेर बिहे तथा शुभकार्यमा बाजा बजाउन हिँड्नुहुने उनी भन्छन् “म नौमती बाजाको अत्यन्त पारखी हुँ । बाजा जहाँ बजे पनि जाउँजाउँ लाग्छ , शुरुमा परियार थरका मानिसले नौमती बजाउने गर्दथे । हामी रमाइलो हेर्न जान्थ्यौँ तर बाजा बजाउने एकाध मानिस जाँडरक्सी सेवन गर्ने र होहल्ला गरी शुभकार्य नै अशुभ गराउनेसम्मको हर्कत गर्ने गरेको भेटेपछि आफैँ बाजा बनाउने समूह निर्माण थालेको हुँ ।” नौमती बाजा मगर समुदायले बजाउने गरेपछि यसको माग पनि बढ्न थालेको छ । शहरबजारमा आधुनिक बाजा भित्रिनै लाग्दा प्रअ पुनले चलाउनुभएको अभियानबाट नौमती बाजा मात्र होइन स्थानीय गीत सङ्गीतको समेत संरक्षण र प्रवद्र्धन भइरहेको छ । “हाम्रा कलासंस्कृति लोप हुने अवस्था थियो, मगरले नौमती बाजा संरक्षणको अभियान चलाएपछि खुशी लागेको छ ।” पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्मा भन्छन् “गाउँको गहनाका रुपमा रहेका बाजालाई संरक्षण गरेपछि हामीले चाहिएको बेला नौमती बजाउन पाएका छौँ ।” संस्कृति बचाउने मात्र होइन, टमक्क मिलेको मगर पोशाकमा महिला र पुरुष दुवै मिलेर नौमती बाजा बजाउने, नाच्ने र गाउने गर्दछ बनौँको बाजा समूहले । अहिले पर्वतमा मगर बाजाको नामबाट प्रख्यात बनौँका बाजा पर्वत मात्र नभएर पोखरा, बागलुङ, म्याग्दीबाट समेत माग बढ्न थालेको छ । प्रअ पुन सार्वजनिक बिदा परेका दिन आफै र नपरेका दिन समूहका अन्य साथीलाई बिहे तथा शुभकार्यमा बाजा बजाउन पठाउने गर्छन् । उनको समूहमा महिला र पुरुष दुवै संलग्न छन् । बाजा समूहले बजाउने मात्र होइन, नाच्ने, गाउने कामसमेत गर्दछ । प्रअ पुन विद्यालयको व्यवस्थापनमा मात्र मात्र नभई बचेको समयमा सनही, ट्याम्को, ढोलकी, दमाहा, झ्याली लगायत बाजा बजाउन निपूर्ण हुन् । उनको विद्यालयमा २३२ विद्यार्थीका साथमा १२ शिक्षक छन् भने बाजा समूहमा ११ जना छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: