Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

छोराछोरीको हत्यापछि परिवारै नै विस्थापित

सुनसरी । अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्याएर गाउँकै प्याउली बजारमा पसल गर्थे । तयारी पोसाक, शृंगारका सामान बेच्थे । परिवार रामै्रसँग धानेका थिए ३८ वर्षीय चेतनाथ फुयाँलले । पत्नी ३६ वर्षीया निर्मलाको भरथेग छँदै थियो । तीन सन्तानको भविष्य चम्काउने ध्याउन्नमा उनीहरूले आफ्नो खुसीलाई कहिल्यै महत्त्व दिएनन् । एकाएक उनीहरूको हाँसीखुसी जीवनलाई अन्धकारले छोप्यो । असार १० गते शनिबार । बिहान सधैंजसो चेतनाथ पसल जान तयार भए । छोराछोरीलाई पढ्न र गृहकार्य गर्न अह्राउँदै उनी घरबाट निस्किए । साढे ९ बजेतिर १४ वर्षीया छोरी सुुष्मा खाना लिएर पुगिन् । खाना खाएपछि छोरीलाई सम्झाए, ‘आफू पनि नुहाउनू, भाइलाई पनि नुहाइदिनू अनि पढेर बस्नू ।’ छोरीले चटपटे खान मन लागेको बताएपछि उनले गल्लाबाट झिकेर २० रुपैयाँ दिए । घटनापछि उनीहरूका छोराछोरीका सहपाठी पनि विस्थापित बनेका छन् । सँगै पढ्ने तथा माथिल्लो, तल्लो कक्षाका गरी ६ जना विद्यार्थी अन्यत्रै बसेर पढिरहेका छन् । सरु सापकोटा, युसन फुयाँल, निशा फुयाँललगायत विराटनगर र इटहरीस्थित आफन्तकहाँ बसेर पढ्छन् । गाउँमा बस्न नमानेपछि उनीहरूलाई अभिभावकले आफन्तको घरमा पठाएको चेतनाथका भाइ तेजप्रसाद फुयाँलले बताए । तिनका अभिभावक भने गाउँमै छन् । आफ्ना छोराछोरीको रहस्यमय मृत्युबारे सत्यतथ्य पत्ता लगाउन चेतनाथ राज्यको उपल्लो तहसम्म पुगे । भोजपुरै माइती भएकी राष्ट्रपति विद्यादेवी भण्डारीदेखि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन गृहमन्त्री जनार्दन शर्मालगायतलाई भेटे । ‘ सबैले घटनाको गम्भीर अनुसन्धान गरी दोषी पत्ता लगाउने आश्वासन दिए,’ चेतनाथले भने, ‘क्षतिपूर्ति र राहत पनि दिने भने तर अहिलेसम्म केही भएको छैन ।’ यस्तो प्रवृत्तिले आफूहरूलाई झन् दु:खी बनाएको उनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy