Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

राजधानीका संरचना छिन्नभिन्न पारिँदै

विराटनगर । प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ। राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विषयमा मुख्यमन्त्रीले छलफल सुरु गरेपछि समर्थन र विरोधमा प्रतिक्रिया आउन थालेका हुन्। अाजकाे नागरिक दैनिकमा याे खबर छ - मुख्यमन्त्री शेरधन राईले कार्यपालिका विराटनगरमा, प्रदेशसभा इटहरीमा र केही मन्त्रालय इलाम, झापालगायतका जिल्लामा राख्न विभिन्न जिल्लाका प्रदेशसभा सदस्यस“ग छुट्टाछुट्टै अनौपचारिक बैठक राखेर छलफल तीव्र पारेका छन्। बृहत् विराटनगरको अवधारणा बजेटले नै ल्याएको भन्दै सोहीअनुसार प्रदेशको राजधानी मोरङ र सुनसरीमा हुनुपर्ने एकथरीको तर्क छ। अर्कोथरीको तर्क भने कार्यपालिका र व्यवस्थापिका छुट्टाछुट्टै स्थानमा राख्न नहुने भन्ने छ। प्रदेशका मन्त्रालय, विभाग, व्यवस्थापिका, कार्यपालिकालगायत महत्वपूर्ण संरचना भिन्नाभिन्नै जिल्लामा राख्दा व्यावहारिक समस्या निम्तिने उनीहरूको धारणा छ । सरकारी सेवा प्रवाह प्रभावकारी बनाउन एउटै कम्पाउन्डभित्र कार्यालय राखेर सेवा दिनु उपयुक्त हुने प्रदेश सांसद विमल कार्की बताउँछन्। प्रदेशका सबै कार्यालय एउटै कम्पाउन्डभित्र राख्ने अवस्था नभएको र बजेटमै ग्रेटर विराटनगरको अवधारणा ल्याइएकाले ग्रेटर विराटनगरले समेटेको क्षेत्रभित्र प्रदेशका संरचना राख्दा उपयुक्त हुने कार्कीको धारणा छ। उनले भने, ‘बजेटले परिकल्पना गरेको ग्रेटर विराटनगरभित्र प्रदेशका कार्यालय राख्दा उपयुक्त हुने देखिन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy