Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

पुल निर्माण नसकिँदा पर्यटकलाई सास्ती

बुटवल । भैरहवा–लुम्विनी सडकखण्डका पक्की पुल चौडा गर्ने काम समयमै नसकिँदा बुद्ध जन्मस्थल आउने पर्यटकलाई सास्ती भएको छ । गौतमबुद्ध विमानस्थलदेखि लुम्विनीसम्मको २२ किलोमिटर सडक खण्डका पुल साँघुरा हुँदा ट्राफिक जाम हुने गरेकाले पर्यटकले सास्ती खेप्नुपरेको हो । उक्त सडकमा आवागमन सहज बनाउन डिभिजन सडक कार्यालयले पाँच पक्की पुललाई चौडा गर्न विसं २०७१ असारमा पप्पु बामती जेभी कन्स्ट्र«क्सन कम्पनीलाई विसं २०७३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएकामा समयमै काम नसकेपछि ०७५ असारसम्मका लागि समय थपिएको थियो । थपिएको समयमा पनि काम हुन नसकेपछि पुनः एक वर्षको समय दिइएको उक्त कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कैलाशकुमार श्रेष्ठका अनुसार नयाँ पुल बनाउँदा पुरानो पुल भत्किन सक्ने भएकाले नदी डाइभर्सन गरेर भए पनि निर्माण सक्न परिपत्र गरिएको थियो । अन्य जिल्लामा पनि सम्झौताअनुसार काम गर्न नसकेर विवादित बनेको उक्त कम्पनीले तोकिएको अवधिमा पनि काम सम्पन्न नगरे कानूनअनुसार कारवाही गरिने उहाँले बताए । भैरहवा–लुम्बिनी सडकका पाँच पुलमध्ये कोइलीहवा, घाघरा र तेलार नदीको पुल निर्माणको काम सकिए पनि तिनाउ र दानव नदीमा प्राविधिक कठिनाइ देखिएका कारण पनि समयमा पूरा हुननसकेको उक्त कार्यालयका इञ्जिनीयर अमित बर्माले बताए। उहाँले भन्नुभयो, ‘वर्षाको समय भएकाले पनि काममा ढिलाइ भयो, अब छिट्टै शुरु हुन्छ ।”समयमै पुल निर्माण नसकिँदा लुम्विनीको पर्यटनमा नराम्रो असर गरेको पर्यटन व्यवसायी लिलामणि शर्माको गुनासो थियो । ‘यसबारे स्थानीय र प्रदेश सरकारलाई पटक–पटक गुनासो ग¥याँै तर कसैले सुनेन, उनले भने । उक्त सडक खण्डअन्तर्गत पर्ने तिनाउ, घाघरा, दानव, कोइलीहवा र तेलार नदीमा रहेका पाँच पुलहरू निकै साँघुरा छन् । जम्मा चार मिटर मात्रै चौडाइ रहेका यी पुलमा एक पटकमा एउटा मात्रै गाडी वारपार गर्न सक्छ । चौडा गर्न थालिएका पुलमध्ये तिनाउ र दानव नदीको लम्बाइ ९०÷९० मिटर छ । कोइलीहवा नदी र तेलार नदीको ३०÷३० मिटर तथा घाघरा खोलामा ४५ मिटर लम्बाइको पुल निर्माण यसअघि नै सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि पर्यटकको चाप बढ्ने अपेक्षा गर्दै सरकारले लुम्विनी क्षेत्रमा सडक, खानेपानी, विद्युत्, ठूला होटल तथा पर्यटन उद्योेगको विकासमा प्राथमिकता दिन थालेको छ । विमानस्थलदेखि लुम्विनीसम्म पुग्ने सडक चौडा गर्ने काम यसै वर्षदेखि शुरु भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy